नर्वेली विदेशराज्यमन्त्री राजधानीमा….

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र ८, २०७३
|
|
१५९ पटक हेरिएको
Shares
नर्वेली विदेशराज्यमन्त्री राजधानीमा….

सारांश

  • काठमाडौँ, ८ चैत ।
  • नर्वेका विदेशराज्यमन्त्री टोन स्कोगेन नेपालको तीनदिने औपचारिक भ्रमणमा आज यहाँ आइपुग्नुभएको छ ।
  • नेपालका लागि नर्वेका राजदूत चेल तोरमोड पिटर्सेन तथा परराष्ट्र मन्त्रालयका अधिकारीले उहाँलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो ।

काठमाडौँ, ८ चैत । नर्वेका विदेशराज्यमन्त्री टोन स्कोगेन नेपालको तीनदिने औपचारिक भ्रमणमा आज यहाँ आइपुग्नुभएको छ ।

नेपालका लागि नर्वेका राजदूत चेल तोरमोड पिटर्सेन तथा परराष्ट्र मन्त्रालयका अधिकारीले उहाँलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो । उहाँको सम्मानमा आज साँझ राजदूत पिटर्सेनले स्वागत समारोहको आयोजना गर्नुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग राज्यमन्त्री स्कोगेनले शिष्टाचार भेट गर्ने कार्यक्रम छ । साथै उहाँले परराष्ट्रमन्त्री र राष्ट्रिय योजना आयोगका उपाध्यक्षसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रमपनि रहेको यहाँस्थित नर्वेली राजदूतावासले जनाएको छ ।

नेपालको सामाजिक एवम् आर्थिक विकासको प्रयासमा नेपाल सरकारसँगको साझेदारीका साथै यहाँस्थित राष्ट्रसङ्घीय कार्यालय र त्यसका विशिष्टीकृत संस्थामा नर्वेले लामो समयदेखि सहकार्य गरिहेको सन्दर्भमा राज्यमन्त्री स्कोगेनले राष्ट्रसङ्घीय पदाधिकारीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।

नर्वेली राजदूतावासकाअनुसार नर्वेको सहयोगमा नेपालमा सञ्चालित विकास आयोजनाको स्थलगत अवलोकनका साथै यहाँस्थित नर्वे, डेनमार्क र फिनल्यान्ड दूतावासले महिलाको आर्थिक एवम् राजनीतिक सशक्तीकरण सम्बन्धमा आयोजना हुने कार्यक्रममापनि उहाँ सहभागी हुनुहुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘जीवन काँडा कि फूल’ शुक्रबारदेखि प्रदर्शन हुँदै
‘जीवन काँडा कि फूल’ शुक्रबारदेखि प्रदर्शन हुँदै
साइबर क्राइममा पक्राउ परेका पूर्वसचिव उपाध्यायलाई ३ दिन थुनामा राख्न अनुमति
साइबर क्राइममा पक्राउ परेका पूर्वसचिव उपाध्यायलाई ३ दिन थुनामा राख्न अनुमति
प्रचण्ड पत्नी सिता दाहालको स्वास्थ्यमा सुधार, अस्पतालबाट डिस्चार्ज
प्रचण्ड पत्नी सिता दाहालको स्वास्थ्यमा सुधार, अस्पतालबाट डिस्चार्ज
कोशीका नवनियुक्त मुख्यमन्त्री कार्कीले आज शपथ लिने
कोशीका नवनियुक्त मुख्यमन्त्री कार्कीले आज शपथ लिने
संविधानको कार्यान्वयनमा तीनवटै तहको सहकार्य आवश्यक : मुख्यमन्त्री पाण्डे
संविधानको कार्यान्वयनमा तीनवटै तहको सहकार्य आवश्यक : मुख्यमन्त्री पाण्डे
काेराेनाभाइरसका कारण अमेरिकामा ‘दुई लाखको मृत्यु हुनसक्ने’ चेतावनी
काेराेनाभाइरसका कारण अमेरिकामा ‘दुई लाखको मृत्यु हुनसक्ने’ चेतावनी
गाेलि हानेर यसरी झुन्डाइयाे बलात्कारीलाइ
गाेलि हानेर यसरी झुन्डाइयाे बलात्कारीलाइ
सरकारमा जान उपराष्ट्रपति सहित दुई मन्त्री राजपाले माग्यो
सरकारमा जान उपराष्ट्रपति सहित दुई मन्त्री राजपाले माग्यो
एन्जल्स कप फुटसल भोलिदेखि
एन्जल्स कप फुटसल भोलिदेखि
बालुवाटारबाटै प्रधानमन्त्री अाेलीले देश चलाउने
बालुवाटारबाटै प्रधानमन्त्री अाेलीले देश चलाउने

तपाईंले छुटाउनुभयो कि?