आईपीएल: शेन वाट्सनको शतकमा चेन्नर्इको शीर्ष यात्रा

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख ८, २०७५
|
|
२७ पटक हेरिएको
Shares
आईपीएल: शेन वाट्सनको शतकमा चेन्नर्इको शीर्ष यात्रा

सारांश

  • नयाँ दिल्ली: इन्डियन प्रिमियर लिग (आईपीएल) मा शेन वाट्सनको तेस्रो शतकको मद्दतमा चेन्नई सुपरकिङ्ग्सले राजस्थान रोयल्सलार्इ ६४ रनले पराजित गरेको छ ।
  • २०५ रनको लक्ष पछ्याएको राजस्थानको टीम १८.
  • ३ ओभरमा १४० रनमा अल आउट भयो ।

नयाँ दिल्ली: इन्डियन प्रिमियर लिग (आईपीएल) मा शेन वाट्सनको तेस्रो शतकको मद्दतमा चेन्नई सुपरकिङ्ग्सले राजस्थान रोयल्सलार्इ ६४ रनले पराजित गरेको छ । २०५ रनको लक्ष पछ्याएको राजस्थानको टीम १८.३ ओभरमा १४० रनमा अल आउट भयो ।

राजस्थानका लागि बेन स्टोक्सले सबैभन्दा धेरै ४५ रनको योगदान दिए । यसभन्दा अघि टस जीतेर राजस्थानले पहिले बलिङ चुनेको थियो ।

चेन्नईले २० ओभरमा ५ विकेट गुमाउँदै २०४ रन बनायो। शेन वाट्सनले १०६ रनको पारी खेले। उनी म्यानन फ द म्याच पनि भए ।

राजस्थानको पहिलो विकेट २०, दोस्रो २५ र तेस्रो ३२ रनमा गुमायो । ओपनरका साथै मध्यक्रमका ब्याटसम्यान पनि क्रिजमा जमेनन् । जोस बटलर २२, कप्तान अजिङ्क्य रहाणे १६, स्टुअर्ट बिन्नी १०, हेनरिच क्लासेन ७, राहुल त्रिपाठी ५, सन्जू स्यामसन २ र कृष्णप्पा गौतम शून्यमा आउट भए। चेन्नईका शार्दुल ठाकुर, ड्वेन ब्राभो, कर्ण शर्मा र दीपक चाहरले २-२ विकेट लिए।

वाट्सनले ५७ बलमा ६ छक्का र ९ चौका लगाए। वाट्सन क्रिस गेलपछि आईपीएल-११ मा शतक लगाउने दोस्रो खेलाडी पनि भए । किङ्ग्स इलेभन पञ्जाबका लागि क्रिस गेलले बिहीबार सनराइजर्स हैदराबादविरूद्ध शतक हानेका थिए ।

चेन्नर्इका लागि सुरेश रैनाले ४६ रन बनाए। अन्बाती रायडू १२, एमएस धोनी ५ र स्याम बिलिङ्ग्स ३ रन बनाएर आउट भए। रविन्द्र जडेजा २ र ड्वेन ब्राभो २४ रन बनाएर नट आउट रहे। राजस्थानको तर्फबाट श्रेयस गोपालले ३ और बेन लाफलिनले २ विकेट लिए ।

शीर्षमा चेन्नर्इ

राजस्थानलार्इ हराएपछि चेन्नईको टीम अंक तालिकामा शीर्ष स्थानमा पुगेको छ । खेलमा चेन्नईले ६ अंक बनाएको छ। कोलकाता नाइटराइडर्स दोस्रो, सनराइजर्स हैदराबाद तेस्रो र किंग्स इलेभन पञ्जाब चौथो स्थानमा छन् । दिल्ली डेयरडेभिल्स सबैभन्दा तल रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?