‘मेलम्चीको पानी चैत मसान्तभित्र काठमाडौं आउने’

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र ४, २०७८
|
|
५८ पटक हेरिएको
Shares
‘मेलम्चीको पानी चैत मसान्तभित्र काठमाडौं आउने’

सारांश

  • सिन्धुपाल्चोक।
  • खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्चीको पानी चैत मसान्तभित्र काठमाडौं लैजाने सरकारको लक्ष्य पूरा हुने बताएका छन् ।
  • बुधवार सुन्दरीजल हुँदै मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल अम्बाथान आएका मन्त्री चौधरीले यही महीनाभित्र पानी जुनसुकै हालतमा काठमाडौं पुर्‍याउने दाबी गरे ।

सिन्धुपाल्चोक। खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्चीको पानी चैत मसान्तभित्र काठमाडौं लैजाने सरकारको लक्ष्य पूरा हुने बताएका छन् । बुधवार सुन्दरीजल हुँदै मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल अम्बाथान आएका मन्त्री चौधरीले यही महीनाभित्र पानी जुनसुकै हालतमा काठमाडौं पुर्‍याउने दाबी गरे ।

जनशक्ति तथा अन्य प्राविधिक सहयोग थप आवश्यक परे सरकारले सहयोग गर्ने भन्दै उनले चैत मसान्तसम्ममा जसरी पानी काठमाडौं पुर्‍याउने सरकारी लक्ष्य पूरा गर्न खानेपानी विकास समिति र ठेकेदार कम्पनी सिनो हाइड्रोलाई निर्देशन समेत दिए ।

मुहानस्थलको निरीक्षण गर्दै मन्त्री चौधरीले अहिले भइरहेको कामको गति चित्तबुझ्दो रहेको बताए । ‘काम निकै दु्रतरूपमा भइरहेको पाएँ, यो गति हेर्दा चैतको तेस्रो साता पानी काठमाडौं पुग्छ ।’ ठेकेदार कम्पनीले काम शरू गरेको ९० दिनभित्र काम सक्ने सम्झौता गरेकाले सोही अनुसार काम भइरहेको उनले बताए ।

केही दिनअघि ठेकेदारले आयोजनाको काम रोकेकोप्रति संकेत गर्दै उनले भुक्तानी समयमै गर्न सरकार तयार रहेको, तर कुनै पनि बहानामा काममा ढिलाइ गर्न नहुने बताए । स्थानीय प्रभावितले गरेको आन्दोलनप्रति चासो राख्दै उनले क्रमशः मागहरू पूरा गरिने बताए ।

‘स्थानीय बाढी प्रभावितको मागमा मन्त्रालय, खानेपानी विकास समिति र सरोकारवाला सरकारी निकाय सकारात्मक छन्,’ उनले भने, ‘यो राष्ट्रिय महत्त्वको योजना हो, मागहरू विस्तारै पूरा हुनेछन् । तर यो वा त्यो बहानामा आयोजनाको काम बन्द नगर्न अनुरोध गर्दछु ।’

मन्त्री चौधरीलाई मुहानको अवस्थाबारे जानकारी गराउँदै मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले अम्बाथान पोर्टल अडिटमा बढी गेग्रान थुप्रिएकाले व्यवस्थापनमा केही समय बढी लागेको बताए ।

सरकारको लक्ष्य अनुसार चैत मसान्तसम्ममा पानी काठमाडौं झार्नेगरी काम भइरहेको जानकारी उनले दिए । मुहानमा थुप्रिएको पहिरो र गेग्रान सरसफाइको काम ७० प्रतिशत सकिएको उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओली आज सरकारी निवास बालुवाटार सर्ने
प्रधानमन्त्री ओली आज सरकारी निवास बालुवाटार सर्ने
बलात्कार प्रकरण- एसपी र इन्सपेक्टरलाई निलम्बन पत्र
बलात्कार प्रकरण- एसपी र इन्सपेक्टरलाई निलम्बन पत्र
अस्पताल हिडेका आमाछोरा मृत, २० महिने बालक कसरी झुण्डिए
अस्पताल हिडेका आमाछोरा मृत, २० महिने बालक कसरी झुण्डिए
छिमेकी जिल्ला समेटेर एकीकृत विकास :  अध्यक्ष दाहाल
छिमेकी जिल्ला समेटेर एकीकृत विकास : अध्यक्ष दाहाल
सेक्युरिटी प्रेस खरिद प्रकरणमा काँग्रेसद्वारास प्रतिनिधिसभा बैठक अवरुद्ध
सेक्युरिटी प्रेस खरिद प्रकरणमा काँग्रेसद्वारास प्रतिनिधिसभा बैठक अवरुद्ध
विशेष महाविधेशन बोलाएर नेतृत्व परिवर्तन गर्नेबारे कांग्रेसमा छलफल सुरु, असन्तुष्ट नेताहरुको यस्तो छ डरलाग्दो तयारी
विशेष महाविधेशन बोलाएर नेतृत्व परिवर्तन गर्नेबारे कांग्रेसमा छलफल सुरु, असन्तुष्ट नेताहरुको यस्तो छ डरलाग्दो तयारी
तनावमा उपेन्द्र यादव ‘सरकार छाडौँ पक्राउ पर्ने डर नछाडौ पार्टी टुक्रिने डर’
तनावमा उपेन्द्र यादव ‘सरकार छाडौँ पक्राउ पर्ने डर नछाडौ पार्टी टुक्रिने डर’
सिरियामा ७.८ म्याग्निच्यूडको भूकम्प, ११० भन्दा बढीको मृत्यु
सिरियामा ७.८ म्याग्निच्यूडको भूकम्प, ११० भन्दा बढीको मृत्यु
आज घट्यो सुन–चाँदीको मूल्य, तोलाको कति ?
आज घट्यो सुन–चाँदीको मूल्य, तोलाको कति ?
How you can Compare Info Room Costs