बामउम्मेद्बार रामचन्द्र झा को प्रचारप्रसार तीब्र , मतदाता र बामकार्यकर्ता निकै उत्साहित !
सारांश
- कार्तिक २७ काठमाडौं ।
- धनुषाको निर्वाचन क्षेत्र नं.
- २ मा वामगठबन्धनले चुनावी प्रचार प्रसारमा तिव्रता दिएको छ ।
कार्तिक २७ काठमाडौं । धनुषाको निर्वाचन क्षेत्र नं.२ मा वामगठबन्धनले चुनावी प्रचार प्रसारमा तिव्रता दिएको छ । वाम गठबन्धनबाट धनुषा २ को प्रतिनिधि सभामा उम्मेदवारी दिएका रामचन्द्र झाले चुनावी प्रचार प्रसारलाई तिव्रता दिंदै आईतवार कमला नगरपालिका वडा नंं २ (हरिने), जनकनन्दनी गाउँपालिका वडा नं. १ –इनर्वा) र वडा नं. ६ बलहा कटालमा चुनावी सभा गरिएको छ । चुनावी सभामा प्रतिनिधि सभाका उम्मेदवार रामचन्द्र झाले नेपाली जनताको परीकल्पना गरेको समुन्नत समाजबाद, भ्रष्टाचारीलाई निषेध गर्न कडा कानुन ल्याउने प्रतिबद्धता जनाएका छन् ।
उनले उत्पीडित बर्गको उन्मुक्तिको लागि बामगठबन्धनले घोषणा गरेको पाँच बर्षिय योजना लागु गर्न यस क्षेत्रमा बाम उम्मेदवारहरुलाई विजयी बनाउन माँग गरेका छन् । उनले बाम गठबन्धन नेपाली राजनीतिमा अत्यधिक महत्वपुर्ण निर्णय र समाजबादतर्फ जाने एतिहासिक कदम रहेको बताएका छन् । चुनावी सभामा माओवादी केन्द्रका केन्द्रिय सचिबालय सद्स्य जोग कुमार बरबरिया (श्रबण), महादेब यादब, एमाले केन्द्रिय सद्स्य रत्नेशवर लाल गोईत, एमाले नेता एवम निबर्तमान सासद राम अबतार पास्वान ,माओवादी पोलिटब्युरो सद्स्य श्याम यादबले आफ्नो मन्तव्य राखेका थिए ।
बहुप्रतिक्षित उम्मेदवार रामचन्द्र झा लाई सो क्षेत्र मा बामगठबन्धन को उम्मेदवार को रुपमा पाएर सो क्षेत्र का मतादाता , एमाले र माओवादी केन्द्र कार्यकर्ता हरु मा निकै उत्साह देखिएको छ ।
प्रतिक्रिया