प्रहरीले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्छ : गृहसचिव
सारांश
- काठमाडौँ, ११ वैशाख ।
- गृहसचिव प्रेमकुमार राईले समाजमा हुने आतंककारी क्रियाकलाप र शान्ति सुरक्षा भंग गर्नेविरुद्ध प्रहरी आक्रमक रुपमा प्रस्तुत हुनुपर्ने बताउनुभएको छ ।
- प्रहरी प्रधान कार्यालयको आज निरीक्षणपछि उहाँले भन्नुभयो, “सरकारले लिएको नीति तथा कार्ययोजना सम्पादन गर्न प्रहरीले अझै बढी प्रभावकारी भूमिका निर्वाह गर्नुपर्छ ।
काठमाडौँ, ११ वैशाख । गृहसचिव प्रेमकुमार राईले समाजमा हुने आतंककारी क्रियाकलाप र शान्ति सुरक्षा भंग गर्नेविरुद्ध प्रहरी आक्रमक रुपमा प्रस्तुत हुनुपर्ने बताउनुभएको छ ।
प्रहरी प्रधान कार्यालयको आज निरीक्षणपछि उहाँले भन्नुभयो, “सरकारले लिएको नीति तथा कार्ययोजना सम्पादन गर्न प्रहरीले अझै बढी प्रभावकारी भूमिका निर्वाह गर्नुपर्छ ।”
“सीमित साधनस्रोत र जनशक्तिका बाबजुद नेपाल प्रहरीले शान्ति सुरक्षा कायम गर्न खेलेको भूमिका सराहनीय छ,” सचिव राईले भन्नुभयो, “शान्ति सुरक्षा, लागुऔषध नियन्त्रण, मानव बेचविखन तथा ओसारपसार, राजस्व चुहावट नियन्त्रण जस्ता आपराधिक गतिविधिमा संलग्नलाई तत्काल कानूनको दायरामा ल्याउनुपर्छ ।”
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सरकारबाट प्राप्त नीति, कार्ययोजना र निर्देशनलाई पूर्णरुपमा सम्पादन गर्न नेपाल प्रहरी कटिबद्ध रहेको बताउँदै मुलुकको शान्ति सुरक्षालाई मजबुद बनाउन नेपाल प्रहरीले प्रभावकारी भूमिका निर्वाह गर्छ भन्नुभयो ।
Kancha Tamang
गर्नु पर्छ भनेर के गर्नुहुन्छ लास्टमा हस्तछेप तपाइहरुकै हो…….