यी खेलाडिले स्विकारे फिक्सिङ गरेकाे अाराेप
सारांश
- पाकिस्तानका पूर्व क्रिकेटर डानिस कनेरियाले स्पट फिक्सिङमा संलग्न भएको स्वीकार गरेका छन् ।
- ६ वर्षदेखि स्पट फिक्सिङको आरोप अस्वीकार गरेका ३७ वर्षे केनेरियाले स्पट फिक्सिङका कारण सबै कुरा गुमाएको प्रतिक्रिया दिए ।
- ‘६ वर्ष भयो ।
पाकिस्तानका पूर्व क्रिकेटर डानिस कनेरियाले स्पट फिक्सिङमा संलग्न भएको स्वीकार गरेका छन् ।६ वर्षदेखि स्पट फिक्सिङको आरोप अस्वीकार गरेका ३७ वर्षे केनेरियाले स्पट फिक्सिङका कारण सबै कुरा गुमाएको प्रतिक्रिया दिए । ‘६ वर्ष भयो । मैले सबै कुरा गुमाएँ,’ कनेरियाले अल जजिरालाई बताएका थिए ।मैले मेरा साथीहरु गुमाएँ, समर्थकको सम्मान गुमाएँ ।’
साथै उनले एसेक्स टिमका अर्का खेलाडी मेर्भिन वेस्टफिल्डसँग पनि माफी मागेका छन् । कनेरियाले मेर्भिनलाई स्पट फिक्सिङ गर्न उक्साएका थिए । जसका कारण उनी चार महिना जेल गएका थिए । कनेरियाको सल्लाहमा मेर्भिनले सन् २००९ मा भएको डुरह्यामविरुद्धको एक दिवशीय खेलको एउटा ओभरमा १२ रन दिएका थिए । लेग स्पिनर कनेरियालाई इंग्ल्याण्ड र वेल्समा क्रिकेट खेल्नबाट आजिवन प्रतिबन्ध लगाइएको छ ।
प्रतिक्रिया