‘लाईट सिटी’का अभियान्ता तथा युवा उद्यमी रोशन श्रीवास्तव सम्मानित

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २८, २०७४
|
|
२३ पटक हेरिएको
Shares
‘लाईट सिटी’का अभियान्ता तथा युवा उद्यमी रोशन श्रीवास्तव सम्मानित

सारांश

  • काठमाडौं, पुस २८ ।
  •  सफल युवा उद्यमीको रुपमा परिचित बीके ट्रेडर्स एण्ड सप्लायर्सका निर्देशक रंजन राज श्रीवास्तव( रोशन)लाई आज एक कार्यक्रम माझ सम्मान गरिएको छ ।
  • महानगरपालिकाको ‘लाईट सिटी’ अभियानमा महत्वपूर्ण भुमिका खेलेको, राज्यको राजश्व तथा रोयल्टी संकलनमा सहयोग गरेको तथा विद्युतका पोलहरुमा विज्ञापन राख्ने अभियानमा मार्फत व्यापार विस्तार तथा रोगजारीको अवसर सिर्जना गरेको भन्दैै उनलाई फोकस नेपाल सस्थाले सम्मान गरेको हो ।

काठमाडौं, पुस २८ । सफल युवा उद्यमीको रुपमा परिचित बीके ट्रेडर्स एण्ड सप्लायर्सका निर्देशक रंजन राज श्रीवास्तव( रोशन)लाई आज एक कार्यक्रम माझ सम्मान गरिएको छ ।

महानगरपालिकाको ‘लाईट सिटी’ अभियानमा महत्वपूर्ण भुमिका खेलेको, राज्यको राजश्व तथा रोयल्टी संकलनमा सहयोग गरेको तथा विद्युतका पोलहरुमा विज्ञापन राख्ने अभियानमा मार्फत व्यापार विस्तार तथा रोगजारीको अवसर सिर्जना गरेको भन्दैै उनलाई फोकस नेपाल सस्थाले सम्मान गरेको हो ।

‘श्रीवास्तव फोकस नेपाल सस्थाको विशेष सेवा सम्मान २०७४’ पुरस्कारबाट सम्मानित भएका हुन् । लोडसेडिङ मुक्तगरि चर्चाको शिखर पुगेका विद्युत प्राविधकरणका प्रमुख कुलमान घिसिङसँग तुलना गर्न लायक युवा श्रीवास्तवकै सक्रियतामा अहिले काठमाडौँका अधिकांश क्षेत्र सौर्य बत्तीले भिलिमिली भएका छन् ।

महानगरभित्रका मुख्य–मुख्य सडकलाई उज्यालो र भिलिमिली बनाउने लक्ष्यका साथै रोशनले ‘लाइन सिटी’ अभियान नै चलाएका छन्, जो कि राज्यले नै चलाउनुपर्ने हो ।नविन सोच र विचारलाई नै समृद्धिको मुल आधार मान्ने रोशनले आफ्नै देशलाई फाइदा पुग्ने ‘आइडिया’ निकाले र त्यसैमा सक्रिय रहे ।

परिणामस्वरुप आज महानगरभित्रका अँध्यारा सडकले ज्योती पाएका छन् । यात्रीलाई पनि निकै राहत मिलेको छ । सडक दुर्घटनामा कमी आएको छ भने विदेशी पाहुनाको अगाडि ‘लाज पचाउनुपर्ने’ अवस्था छैन ।

उनको यहि योगदान, नविन सोच एवम लाईट सिटी अभियानलाइ अगाडीुबधाई ब्यबसायीक तथा समाजसेवीका रुपमा निरन्तर निष्ठापूबक सक्रिय रहदै आउनु भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बिभिन्न सामाजिक संघ सस्था मार्फत राष्ट्र बिकाश र सामाजिक सेवामा पुर्याउनु भएको योगदान चिरकाल सम्म प्रसनीय र अतुलनीय रहनेछ तपाईले पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै विशेष सेवा सम्मान पुरस्कार मार्फत सम्मान गरिएको हो ।

(https://yourolddog.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?