प्रचण्डले दिए आफ्नै घरबेटिलाई चेतावनि

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ २९, २०७५
|
|
२५ पटक हेरिएको
Shares

सारांश

  • काठमाण्डौ,  २९ जेठ ।
  •    नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कामको जिम्मा लिएर समयमा सम्पन्न नगरे आफ्नै घरभेटीलाई पनि कारबाही गर्ने चेतावनी दिएका छन् ।
  • एवं पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले घरबेटी भए पनि नघरबेटी भए पनि जिम्मेवारी पूरा नगर्ने सबैलाई कानुनअनुसार कारबाही गर्ने बताएका हुन् ।

काठमाण्डौ,  २९ जेठ ।   नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कामको जिम्मा लिएर समयमा सम्पन्न नगरे आफ्नै घरभेटीलाई पनि कारबाही गर्ने चेतावनी दिएका छन् ।

एवं पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले घरबेटी भए पनि नघरबेटी भए पनि जिम्मेवारी पूरा नगर्ने सबैलाई कानुनअनुसार कारबाही गर्ने बताएका हुन् ।

मंगलबार बिहान चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘घरबेटी र नघरबेटी भनेर चर्चा गर्न आवश्यक छैन । ठेकेदारहरुले समयमा र गुणस्तरीय काम गर्नुपर्छ । यदि त्यहाँ लापर्वाही छ भने सरकार कडाइपूर्वक जानुपर्छ भन्नेमा कसैको विमति छैन ।’

उनले अघि भने, ‘म जसको घरमा बसेको छु, त्यो घरको मान्छेले पनि गल्ती गर्‍यो भने कारबाही हुन्छ । गल्ती गरेको छैन भने प्रोत्साहित हुन्छ ।’

ठेकेदारमाथिको कारबाहीबारे आफूले गृहमन्त्रीलाई बोलाएर कुनै निर्देशन नदिएको उनले स्पष्ट पारे । गृहमन्त्रीलाई बोलाएर आफ्नो घरबेटीलाई कारबाही नगर्न चेतावनी दिएको दाबी गलत भएको उनले बताए ।

प्रचण्ड ठेकेदार शारदा अधिकारीको खुमलटारस्थित घरमा बस्दै आएका छन् । अधिकारीको शैलुङ कन्स्ट्रक्सनले विभिन्न सडकको ठेक्का लिएर समयमा काम सम्पन्न गरेको छैन ।

प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति अहिलेको एजेण्डा नभएको बताए ।

कार्यकारी राष्ट्रपति अहिलेको हाम्रो एजेण्डा होइन ।’ प्रचण्डले प्रस्ट पारे ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Gobinda Neupane

    चेतावनी होइन हो चेतावनी होइन ।भरोसा दिलाए भनन भरोसा दिलाए भन ।म आफू मर्नु परे मरेर पनि तपाई लाई कसैले छुन दिन्न भनेर भरोसा दिलाएको हो।।।

    Comment Author

    Chhabi Lal Pradhan

    Dabab ta diyekei ho kehi nalage paxi k garxau ta comred

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?