पाँच उपाध्यक्षले दिए नैनसि‌ंह महरलार्इ चेतावनी !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख ११, २०७५
|
|
२९ पटक हेरिएको
Shares
पाँच उपाध्यक्षले दिए नैनसि‌ंह महरलार्इ चेतावनी !

सारांश

  • काठमाडौं, ११ वैशाख ।
  • माउ पार्टी नेपाली कांग्रेस अहिले जस्तो भुमरीमा फसेको छ, उसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघ पनि त्यस्तै द्वन्द्वमा छ ।
  • ११ औं महाधिवेशन सम्पन्न भएको २० महिनासम्म समानान्तर रूपमा कार्यक्रम हुँदै आएका छन् ।

काठमाडौं, ११ वैशाख । माउ पार्टी नेपाली कांग्रेस अहिले जस्तो भुमरीमा फसेको छ, उसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघ पनि त्यस्तै द्वन्द्वमा छ । ११ औं महाधिवेशन सम्पन्न भएको २० महिनासम्म समानान्तर रूपमा कार्यक्रम हुँदै आएका छन् ।

नेविसंघमा बहुमत पदाधिकारी नेता रामचन्द्र पौडेल पक्षले जितेको छ । अध्यक्षमा नैनसिंह महर पार्टी सभापति शेरबहादुर देउवा पक्षका हुन् । महाधिवेशनयता नेविसंघले एउटै ब्यानरमा कार्यक्रम गर्न सकेको छैन । पौडेल पक्षका पाँच उपाध्यक्ष र नेता कृष्णप्रसाद सिटौला पक्षका एक उपाध्यक्षले छुट्टाछुट्टै गतिविधि गर्दै आएका छन् ।

 

मंगलबार बिहान पौडेल पक्षीय पाँच उपाध्यक्ष नवीन राई, उर्मिला थपलिया, खड्गबहादुर डाँगी, प्रकाश राना र सागर परियारले अध्यक्ष नैनसिंह महरले संगठन विधानविपरीत सञ्चालन गरेको भन्दै पत्रकार सम्मेलन गरेका छन् । उनीहरूले सोमबार महरको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टी सभापति शेरबहादुर देउवाको ध्यानाकर्षणसमेत गराएका छन् । सोमबारै महासचिव कुन्दनराज काफ्ले समूहले पार्टी कार्यालय सानेपामा धर्ना र नाराबाजी गरेको थियो ।

नेविसंघका असन्तुष्ट पाँच उपाध्यक्षले पत्रकार सम्मेलनमार्फत विधानविपरीत विश्वविद्यालय समिति, जिल्ला समिति, क्याम्पस एकाइ समिति, विदेशस्थित सम्पर्क समिति गठन गरेको भन्दै निर्णय खारेज गर्न माग गरेको छ । पत्रकार सम्मेलनमा नेविसंघका नेता मनोजमणि आचार्यले नेविसंघजस्तो ऐतिहासिक संगठनलाई तानाशाही शैलीमा अगाडि बढाएको भन्दै उक्त कदम आफूलाई मान्य नहुने बताए । ‘बलियो काँग्रेस निर्माणका लागि सशक्त नेविसंघ’ बनाउनुपर्ने भन्दै उक्त कार्य वर्तमान नेतृत्वबाट हुन नसकेको उनले आरोप लगाए ।

नेविसंघ उपाध्यक्ष उर्मिला थपलियाले महाधिवेशन सुनिश्चितताका लागि तत्काल विधान सम्मेलन राखी मिति तोक्नुपर्ने बताइन् । नेविसंघका नेता दीपक भट्टराई महाधिवेशनको सुनिश्चितताका लागि विधानविपरीत गरिएका सबै नियुक्ति खारेज हुनुपर्ने माग राखे ।

 

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Bharat Kumar Dhungana

    मानसिकरुपवाट टुक्रिन लागेको संघसंस्था पदिय मपाइत्व,घमण्ड र अहंकारले अन्तत वैधानिक ढंगवाट टुक्रिन पनि के वेर!पार्टी र संस्थाको भविष्यनै केही वर्ष अन्धकार पो हुने हो कि !

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?