सुषमा स्वराज नेपालबाट फर्केपछि के भन्यो भारतले ? अचानक भारतको फेरियो बोली
सारांश
- काठमाडौं, २० माघ ।
- भारतीय विदेशमन्त्री सुषमा स्वराज दुईदिने नेपाल भ्रमणबाट स्वदेश फर्किएसँगै भारतको बोली एकाएक फेरिएको छ ।
- नेपालमा संविधान जारी भएपछि नेपालमाथि नाकाबन्दीसमेत गरेको भारतले एकैचोटी संविधानको स्वागत गर्नुका साथै संविधान कार्यान्वयनका क्रममा भएका तीनवटै तहको निर्वाचन सफलतपूर्वक सम्पन्न भएपछि यसले नेपालको स्थायित्व र लोकतान्त्रिक विकासमा कोशेढुङ्गा सावित हुने विश्वास पनि व्यक्त गरेको छ ।
काठमाडौं, २० माघ । भारतीय विदेशमन्त्री सुषमा स्वराज दुईदिने नेपाल भ्रमणबाट स्वदेश फर्किएसँगै भारतको बोली एकाएक फेरिएको छ । नेपालमा संविधान जारी भएपछि नेपालमाथि नाकाबन्दीसमेत गरेको भारतले एकैचोटी संविधानको स्वागत गर्नुका साथै संविधान कार्यान्वयनका क्रममा भएका तीनवटै तहको निर्वाचन सफलतपूर्वक सम्पन्न भएपछि यसले नेपालको स्थायित्व र लोकतान्त्रिक विकासमा कोशेढुङ्गा सावित हुने विश्वास पनि व्यक्त गरेको छ ।
भारतीय विदेशमन्त्री सुषमा स्वराज भारत फर्केपछि भारतीय विदेश मन्त्रालयले शुक्रबार राति वक्तव्य जारी गरी नेपालको संविधान र तीनै तहको सफल निर्वाचनको औपचारिक रूपमा स्वागत गरेको हो । यसअघि भारतले औपचारिकरुपमा नेपालको संविधानको स्वागत गरेको थिएन । मधेस आन्दोलन भएपछि त झन उसले खुलेआम नेपालमाथि आर्थिक नाकाबन्दी नै गरेको थियो । भारतले संविधान संशोधन गरी मधेसीसहित सबै असन्तुष्ट पक्षलाई समेटन आग्रह गर्दै आएको थियो ।
तीनवटै तहको निर्वाचनपछि लामो राजनीतिक संक्रमणकाल अन्त्य भएको पनि भारतीय विदेश मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । तीनै तहको चुनावमा मधेसी दलसहित जनताको ऐतिहासिक र उत्साहपूर्ण सहभागिता भएपछि भारतले निर्वाचनको सफलताको स्वागत गर्दै संविधानको समेत स्वागत गरेको हो ।
प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनले स्पष्ट बहुमत ल्याएपछि त्यससित नयाँ प्रकारको सम्बन्धको शुरुवात गर्न भारत तयार देखिएको छ । त्यसकै प्रयास स्वरूप भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विदेशमन्त्री स्वराजलाई नेपालमा विशेष दूतका रूपमा पठाएका हुन् । भारतले सबभन्दा ठूलो दल एमालेका अध्यक्ष केपी ओलीलाई भावी प्रधानमन्त्रीको संज्ञा दिँदै त्यही अनुरूपको महत्व समेत दिएको छ । भारतले नयाँ सरकारसित सहकार्य गर्न आफ्नो सरकार आतुर रहेको सन्देशसमेत दिएको छ । यसअघि मोदीले नै भावी प्रधानमन्त्रीका रुपमा हेरिएका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फोनसमेत गरेका थिए ।
भारतको विदेश मन्त्रालयले स्वराजको नेपाल भ्रमण सफल र सम्बन्धलाई पारस्परिक हितको उचाइमा पुराउन सहयोगी बनेको जनाएको छ । नेपाल–भारत सम्बन्ध थप सकारात्मक दिशामा गएको टिप्पणीसमेत भारतले गरेको छ ।
Lila Sharma
नेपालीले भारतको कहिलै अहित चहादैन र भारतले पनि नराम्रो नगरोस् र नचाहोस हामो कामना दुबै देशको सम्बन्ध रामो होस ।