उपमेयर खातुन मानव बेचविखन नियन्त्रण गर्न सक्रिय
सारांश
- माधव बेल्वासे ,चन्द्रौटा कपिलवस्तु ,१२ वैशाख ।
- कपिलवस्तुको कृष्णनगर नगरपालिकाका उपप्रमुख शबनम खातुन द्धारा अनुगमन भएको छ ।
- मानब बेचबिखन तथा लैगिंक हिंसा बिरुद्ध क्रियाशिल रुपमा काम गर्दै आएको संस्था के.
माधव बेल्वासे ,चन्द्रौटा कपिलवस्तु ,१२ वैशाख । कपिलवस्तुको कृष्णनगर नगरपालिकाका उपप्रमुख शबनम खातुन द्धारा अनुगमन भएको छ ।
मानब बेचबिखन तथा लैगिंक हिंसा बिरुद्ध क्रियाशिल रुपमा काम गर्दै आएको संस्था के.आई नेपाल शाखा कार्यलय कपिलबस्तुले मानब बेचबिखन तथा लैंगिक हिंसा बिरुद्ध यस क्षेत्रमा १० बर्ष देखि सराहनीय कार्य गर्दै आएको देखेर कृष्णनगर नगरपालिकाकी उप प्रमुख शबनम खातुनले अनुगमन गर्नु भएको छ ।
अनुगमन गर्ने क्रममा नेपालबाट भारत तर्फ जाने चेलीहरुलाई समेत सोधपुछ गर्नु भएको थियो । के.आई नेपालले गरेका कार्यहरु र ३ बर्षका उपलब्धीहरु लाई हेर्दा मानब बेचबिखन बिरुद्ध गरिएका सकारात्मक प्रयास अत्यान्त महत्वपुर्ण रहेको उहांले बताउनु भयो ।
के.आई नेपालले गरेका उल्लेखनीय कामहरु मध्ये बिगत ३ बर्षको मात्र उपलबधीलाई हेर्ने हो भने नेपालबाट भारत तथा भारत हुदै तेस्रो मुलुक जाने क्रममा बिशेष त नेपाली चेलीहरु सिमामा ११ हजार २ सय ८८ जनालाई सुचना तथा परामर्श प्रदान गरेको छ जस मध्ये घर फिर्ता ३०९ जना, मानब बेचबिखनमा संलग्नको आधारमा १४ वटालाई इ.प्र.का कृष्णनगरमा दर्ता गर्न सफल भएको छ भने २७ जना चेलीहरु आत्मा निर्भर बनाउने उदेश्यले चितवन सेफ होम पठाइएको रेकर्ड फाइल के.आई नेपालका जिल्ला संयोजक केसर बिशकर्माले प्रस्तुत गर्नु भएको थियो ।
नेपालको मानब बेचबिखनको अबस्था देखेर उपमेयरले चिन्ता ब्याक्त गर्नु भएको छ । गरिबी अशिक्षा र बेरोजगारले हुन पुगेका यस्ता दुखद अबस्थालाई न्यनिकरणका लागि सबै एकजुट हुनुपर्ने समेत बताउनु भयो ।
बिगत केहि दिनदेखि केआई नेपालले गरेको यो ठूलो सफलतालाई अत्यान्तै सम्मान गर्दै के.आई नेपालले गरेका बिभिन्न कार्यहरु बिभिन्न जिल्लामा रहि सिमा निगरानी तथा सामुदायीक कार्यक्रम मार्फत मानब बेचबिखन तथा लैंगिक हिंसा बिरुद्ध जुन किसिमका कार्यहरु तथा भारत तथा अन्य देशमा समेत उद्धार कार्य गर्नुपर्नेम जोड दिनुभयो ।
प्रतिक्रिया