मन्त्री पोखरेलको काँग्रेसलाई सुझाव ‘डा. केसीको नाममा राजनीति नगरौ’
सारांश
- विराटनगर ।
- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले डा.
- गोविन्द केसीको अनशनको नाममा राजनीतिकरण नगर्न नेपाली काँग्रेसलाई सुझाव दिएका छन् ।
विराटनगर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले डा. गोविन्द केसीको अनशनको नाममा राजनीतिकरण नगर्न नेपाली काँग्रेसलाई सुझाव दिएका छन् ।
विराटनगरमा सोमबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै स्वास्थ्य शिक्षा अध्यादेशमा रहेका त्रुटि सच्याउन सरकार प्रतिवद्ध रहेको मन्त्री पोखरेलले बताए ।
मन्त्री पोखरेलले शिक्षण अस्पताल खोल्न रोक लगाउनु समस्याको समाधान होइन भन्दै मापदण्ड पूरा गरेका शिक्षण अस्पताललाई सम्बन्धन दिनुपर्ने आवश्यकता औंल्याए ।
विगतको सरकारले ल्याएको स्वास्थ्य अध्यादेशमा केही परिस्कृत गरी ल्याउन लागेको विधेयकलाई संसद्मा छलफल गरी पारित गर्नु नै लोकतान्त्रिक पद्धति भएको उल्लेख गर्दै, वर्तमान सरकारले ल्याउन लागेको चिकित्सा शिक्षा विधेयकले स्वास्थ्य क्षेत्रमा देखिएका विकृति अन्त्य हुने विश्वास व्यक्त गरेका छन् ।
मन्त्री पोखरेलले ५० शय्या बराबर एक विद्यार्थी अध्यापन गर्ने स्वास्थ्य शिक्षण संस्थालाई पठनपाठन गर्न अनुमति दिनुपर्छ भन्दै डा केसीको जीवन रक्षाका लागि स्वास्थ्य उपचार गराउन जुम्लाबाट काठमाडाँै ल्याएको बताए ।
प्रतिक्रिया