चिया दिवसमा भोजपुरको चिया

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १६, २०७५
|
|
३६ पटक हेरिएको
Shares
चिया दिवसमा भोजपुरको चिया

सारांश

  • काठमाडौँ, १६ वैशाख, राष्ट्रिय चिया दिवसको उपलक्ष्यमा थामडाँडा टेम्के सिलिचुङ चिया कृषि सहकारी संस्था (टिटिएस) ले शनिवार यहाँ एक कार्यक्रम गरी चिया दिवस मनायो ।
  • कार्यक्रममा संस्थाका अध्यक्ष गणेश राईले भोजपुरमा प्रधान कार्यालय भएको संस्थाले भोजपुर, खोटाङ, सोलुखुम्बु र संखुवासभा गरी चार जिल्लालाई कार्यक्षेत्र बनाएको र हालसम्म ३५० शेयर सदस्य भइसकेको तथा ५०० सदस्य पु¥याउने लक्ष्य रहेको जानकारी दिनुभयो ।
  • पूर्व प्रजिअ समेत रहनुभएका राईले संस्थाले हाल भोजपुरमा १० वटा बगानमा चिया खेती शुरु गरेको र चिराइतो, लोठसल्लाजस्ता बहुमूल्य जडीबुटीको समेत खेती गर्ने योजना रहेको बताउनुभयो ।

काठमाडौँ, १६ वैशाख, राष्ट्रिय चिया दिवसको उपलक्ष्यमा थामडाँडा टेम्के सिलिचुङ चिया कृषि सहकारी संस्था (टिटिएस) ले शनिवार यहाँ एक कार्यक्रम गरी चिया दिवस मनायो ।

कार्यक्रममा संस्थाका अध्यक्ष गणेश राईले भोजपुरमा प्रधान कार्यालय भएको संस्थाले भोजपुर, खोटाङ, सोलुखुम्बु र संखुवासभा गरी चार जिल्लालाई कार्यक्षेत्र बनाएको र हालसम्म ३५० शेयर सदस्य भइसकेको तथा ५०० सदस्य पु¥याउने लक्ष्य रहेको जानकारी दिनुभयो ।

पूर्व प्रजिअ समेत रहनुभएका राईले संस्थाले हाल भोजपुरमा १० वटा बगानमा चिया खेती शुरु गरेको र चिराइतो, लोठसल्लाजस्ता बहुमूल्य जडीबुटीको समेत खेती गर्ने योजना रहेको बताउनुभयो ।

उहाँले संस्थाले भोजपुरका थामडाँडा, टेम्केदेखि सिलिचुङ डाँडासम्मका पर्ती तथा बाँझो रहेका जमिनमा कृषकबाट जग्गा लिजमा लिई उनीहरुलाई समेत सहभागी गराई चिया तथा जडीबुटी खेतीमार्फत किसानको जीवनस्तर उकास्न प्रयास गरिरहेको बताउनुभयो ।

यसै सन्दर्भमा हालसम्म संस्थाले एक हजार रोपनी जग्गा प्राप्त गरिसकेको उहाँले बताउनुभयो । संस्थाबाट उत्पादित चिया प्रशोधन गर्न डेनिस सरकारको उन्नति कार्यक्रममार्फत रु ८५ लाखको लागतमा भोजपुरको कटुञ्जेस्थित बतासे मुलाबारीमा चिया प्रशोधन कारखाना निर्माण भइसकेको पनि उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा समाजसेवी हिमाल राई, शिक्षक देवी घिमिरे, कृष्ण तिम्सिना, भक्तबहादुर राई, गणेश दाहाललगायतले संस्थामार्फत चिया खेती विस्तार गर्न हरसम्भव सहयोग गर्ने वचनबद्धता प्रकट गर्नुभयो ।

सो अवसरमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलगायत २१ जनालाई सल्लाहकारमा मनोनयन गरिएको जानकारी दिइयो ।

कार्यक्रममा नयाँ शेयर सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो भने चिया दिवस परेको सन्दर्भमा भोजपुरस्थित संस्थाका बगानमा उत्पादित चिया उपस्थित आगन्तुकलाई प्रथम पटक खुवाइएको थियो । भोजपुरका बतासे, लहरेमाने लगायत स्थानमा चिया रोपिएको तीनबर्ष पुगेपछि यसपटक चियापत्ती टिप्न लायक भएकाले प्रशोधित गर्नुपर्ने अवस्था भएको हो ।

संस्थाका व्यवस्थापन संयोजक लक्ष्मीप्रसाद घिमिरेले संस्थाका कार्यक्रमबारे जानकारी दिनुभएको थियो भने संस्थाका गतिविधिबारेको वृत्तचित्र पनि प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्जक तथा गायक कृष्ण सुवेदीको बोत्तल ठडाउने तिज गितले र्चचा कमाउदै (भिडियो सहित)
सर्जक तथा गायक कृष्ण सुवेदीको बोत्तल ठडाउने तिज गितले र्चचा कमाउदै (भिडियो सहित)
माओवादीको निष्कर्ष: सबैतिर अनुपस्थित र असफल भइसकेको ओली सरकार उल्टो दिशातिर हिँडिरहेको छ
माओवादीको निष्कर्ष: सबैतिर अनुपस्थित र असफल भइसकेको ओली सरकार उल्टो दिशातिर हिँडिरहेको छ
नेपाल र बंगलादेशबीच साहित्यिक सम्बन्धमा जोड
नेपाल र बंगलादेशबीच साहित्यिक सम्बन्धमा जोड
प्रितम पछि सारेगमपमा आइतबार आयुषले धमाका मच्चाउँदै (भिडियो सहित)
प्रितम पछि सारेगमपमा आइतबार आयुषले धमाका मच्चाउँदै (भिडियो सहित)
प्रधानमन्त्री दाहाल र अध्यक्ष ओली भेट, के भयाे कुराकानी ?
प्रधानमन्त्री दाहाल र अध्यक्ष ओली भेट, के भयाे कुराकानी ?
शाहरुख खानको आज जन्मदिन, बलिउडमा विशेष योगदान रहेको खुलाशा
शाहरुख खानको आज जन्मदिन, बलिउडमा विशेष योगदान रहेको खुलाशा
हिटलरकालागि ‘विष चाख्ने’ ती महिला
हिटलरकालागि ‘विष चाख्ने’ ती महिला
चट्याङबाट बच्न रक्सी छर्केर घरभित्र पस्छन् फलामखानीवासी
चट्याङबाट बच्न रक्सी छर्केर घरभित्र पस्छन् फलामखानीवासी
ब्राजिलको रात्रि क्लबमा गोली चल्दा तीन जनाको मृत्यु
ब्राजिलको रात्रि क्लबमा गोली चल्दा तीन जनाको मृत्यु
किन काठमाडौँमा चिसो बढ्यो ?
किन काठमाडौँमा चिसो बढ्यो ?

तपाईंले छुटाउनुभयो कि?