सुरुङमार्गबाट नेपाललाई बंगलदेशसँग जोड्ने विषय अगाडि बढिसकेकाे छ: आपूर्तिमन्त्री यादव
सारांश
- काठमाडाै, १६ वैशाख ।
- प्रधानमन्त्री केपी ओलीले रेल र पानीजहाजबाट विश्वसमुदायसँग नेपाल जोडिने भनी गर्दै आएको दाबी टिकाटिप्पणी गरिरहेकै बेला उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले नेपालदेखि बंगलादेशसम्म सुरुङमार्ग बनाएर अन्तरदेशीय सडक सञ्जाललाई सबल बनाउने अभिव्यक्ति दिएका छन् ।
- दक्षिण एशियाली मुलुकका साना तथा मझौला व्यवसायी मञ्चको तेस्रो सम्मेलनको राजधानमिा उद्घाटन गर्दै मन्त्री यादवले नेपाल, भारत र बंगलादेशसँग छलफल गरेर उक्त विषयलाई अगाडि बढाउन लागिएको बताएका हुन् ।
काठमाडाै, १६ वैशाख । प्रधानमन्त्री केपी ओलीले रेल र पानीजहाजबाट विश्वसमुदायसँग नेपाल जोडिने भनी गर्दै आएको दाबी टिकाटिप्पणी गरिरहेकै बेला उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले नेपालदेखि बंगलादेशसम्म सुरुङमार्ग बनाएर अन्तरदेशीय सडक सञ्जाललाई सबल बनाउने अभिव्यक्ति दिएका छन् ।
दक्षिण एशियाली मुलुकका साना तथा मझौला व्यवसायी मञ्चको तेस्रो सम्मेलनको राजधानमिा उद्घाटन गर्दै मन्त्री यादवले नेपाल, भारत र बंगलादेशसँग छलफल गरेर उक्त विषयलाई अगाडि बढाउन लागिएको बताएका हुन् ।
नेपाल र बंगलादेशबीचको सबैभन्दा छोटो दूरीमा टनेल बनाउने विषयलाई अगाडि बढाएको उल्लेख गर्दै उनले यो टनेल बनेपछि विश्वसँगको सम्पर्क सञ्जालमा अझै सहजता आउने दाबी गरे ।
नेपाल अतिकम विकसित भूपरिवेष्टित मुलुक भएकाले विश्वसँग जोडिन कठिनाइ भएको भन्दै मन्त्री यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका अवसरमा नेपाललाई जलमार्गसँग जोड्ने विषयलाई अगाडि बढाउने सहमति भैसकेको खुलासा गरे । नेपालको चीनसँग पनि राम्रो सम्बन्ध रहिआएको र त्यसलाई अझ विस्तार गरेर समृद्धिको बाटोमा अगाडि बढ्नुपर्नेमा जोड दिँदै उनले दक्षिण एशियाली मुलुकसहित सबैलाई नेपालमा लगानी गर्न आह्वान गरे ।
कार्यक्रममा दक्षिण एशियाली मुलुकका १५० जना साना तथा मझौला व्यवसायीको सहभागिता छ । मञ्चले दक्षिण एशियामा व्यापार सहजीकरण तथा विस्तार, पारवहन र सम्पर्क विस्तारमा सहयोग गर्दै आएको छ ।
एकदिने सम्मेलनमा नेपाल, भारत, बङ्गलादेश र चीनका प्रतिनिधिले विविध विषयमा छलफल गरी विस्तृत प्रतिवेदन तयार गरेर आ–आफ्ना सरकारलाई दिने र क्षेत्रीय व्यापार सहजीकरणको वातावरण बनाउने कार्यक्रम छ ।
Justin Biral
??? иιϲє ? Shikhar News ?
? ϲн ϐοττєяz ❤ Sagorbd,Tk ?
Ajit Sharma
पागल काे के विस्वास