गाउँमा पहिलो पटक बस पुग्दाको खुशीयाली

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख १८, २०७५
|
|
१९ पटक हेरिएको
Shares
गाउँमा पहिलो पटक बस पुग्दाको खुशीयाली

सारांश

  • काभ्रे जिल्लाको दुर्गम तथा विकट भनेर चिनिने महाभारत गाउँपालिका वडा नं.
  • १ गोकुले धापमा पहिलो पटक बस पुग्दा स्थानीय खुशी भएका छन् ।
  • सोमबारदेखि यस भेगमा सार्वजनिक सवारी साधान (बस) सञ्चालनमा आएको हो ।

काभ्रे जिल्लाको दुर्गम तथा विकट भनेर चिनिने महाभारत गाउँपालिका वडा नं. १ गोकुले धापमा पहिलो पटक बस पुग्दा स्थानीय खुशी भएका छन् । सोमबारदेखि यस भेगमा सार्वजनिक सवारी साधान (बस) सञ्चालनमा आएको हो ।

 

गाउँपालिकाले बिनियोजन गरेको ३३ लाख बजेटले उक्त सडक निर्माण कार्य हालै सम्पन्न भएको थियो । सडक निर्माण कार्य सम्पन्न भएपछि पहिलो पटक बस सञ्चालनमा ल्याएका हुन् । मोटर बाटोसँगै बस गाउँमा पुगेपछि दुर्गम गोकुले स्थानीयबासीले दुईदिनसम्म भोजभतेर गरेरै नाजगान गरेका छन् । धेरै वर्षपछि दुर्गम क्षेत्रमा बस पुगेपछि नाजगान गरेरै खुशीयाली मनाएका हुन् ।

महाभरत गाउँपालिका–२ गोकुलेका बिशाल मोक्तानले धेरै वर्षसम्म पैदल यात्रा गरी दुःख कष्ट झेल्नु पर्दा अब घर आँगनबाट नै बस सरर.. चढेर सहर पुग्ने पाएकोमा नयाँ जीवन पाएको जस्तो महशुस भएको बताए । उनले भने–‘आफूले मोटर बाटो र बस देख्न पाउँछन भन्ने त सोचेको पनि थिएनन् तर नसोचेको पनि हुँदा रहेछन् ।’

बस पुगेपछि जीवन फेरिने आस

दुःख कष्ट खेपेर पैदल हिड्न बाध्य यहाँका स्थानीय बासिन्दाहरुले अब कहिल्यै सास्ती खेप्नु परेनन् । दुर्गम गाउँबाटै बसमा चढेर सहर बजारमा रमेर आउन पाएपछि दुर्गम बासिहरु खुशीले गद्गद भएका हुन् । ‘धुलिखेल, बनेपा र काठमाडौँ पुगेरमात्र मोटर देख्न पाईन्थ्यो अहिले आफ्नै गाउँमा मोटर देखेपछि खुशीले गद्गद् भएको छ गोकुलेका रमेश मगरले भने्–‘गरिब जनताहरु पनि विकास निर्माणको कार्यमा एकजुट भएमा ग्रामीण भेगमा पनि विकास हँुदो रहेछ ।’

 

गोकुले माविका प्रधानाध्यापक पदम प्रसाद तिमल्सिनाले दुर्गम गाउँमा उत्पादन गरेका तरकारी तथा दूध जन्य पर्दाथ पनि अब सजिलैसँग बिक्रि हुने वातावरण भएको बताउँछन् । उनी भन्छन,‘पहिला पहिला दुर्गम उत्दापन हुने हरेक किसिमका उपभोग्य बस्तुहरु कुहिएर खेरा जान्थ्यो अब गाडीमा चढेर ल्याउन र लान सजिलो भएको छ अब दुर्गम क्षेत्रका बासिन्दाहरुको जिवन शैलिमा परिवर्तन आउँछन ।’

महाभारत गाउँपालिका १ नं वडा अध्यक्ष कन्छामान जिम्बाले यातायातको सुविधाबाट बञ्चित भएका यहाँका जनताले अब कहिल्यै पनि यातायातको सुविधाबाट बञ्चित हुनु नपर्ने बताए ।

 

वडावासीको साथ, सहयोगले मात्र यो काम सम्पन्न भएको उताउँदै जिम्बाले आगामी दिनमा पनि जनताको साथ, सहयोग र सुझाब भन्दा बाहिर नजाने प्रतिबद्धता जाहेर गरे । ‘यो शुरुवात मात्र हो, अब सिंगो महाभारत गाउँपालिकाको नमुना वडा बनाउन जस्तोसुकै समस्याको सामना गर्न म सदैव तयार छु, तर तपाईको साथ सदैब चाहियो ।’ जिम्बाले भने– ‘अब सडकको स्तरन्नोति गर्ने, बाँकी ट्र्याक खोल्ने र निरन्तर बस चल्ने वातावरण बनाउँछु ।’

 

यसैबीच स्थानीय एंव वाइसियएल नेपालका जिल्ला सचिव प्रदिप योञ्जनले इतिहासमै पहिलोपटक यहाँ बस ल्याउन सपफल भएकोमा खुशी व्यक्त गरे । यातायातको सुविधा नभएकोले यहाँको जनताले अकालमै ज्यान गुमाउनुपरेको, यस भेगका जनताको जीवनशैली कष्टकर भएको बताउँदै आगामी दिनहरुमा जनताको समस्यासँग आफूहरु हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता जाहेर गरे । योञ्जनले गोकुले धापसम्म बस सञ्चालन भएकोमा खुशी भएपनि सिन्धुली घुमेर आउन बाध्य भएकोमा भने दुःख लागेको बताए ।

बस र चालकलाई भव्य स्वागत 

इतिहासमै पहिलो पटक यहाँ बस पुग्दा स्थानीय जनताले बस र चालकलाई भव्य रुपमा स्वागत गरेका छन् । ‘इतिहास मै पहिलो पटक यहाँ बस आई पुग्यो, हामी धेरै खुशी छौं ।’ स्थानीय कान्छी मायाँ तामाङले भनिन् , ‘निरन्तर चल्ने वातावरण बनाउन यहाँको सरकारले व्यवस्थापन गरियोस् ।’

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Justin Biral

    ? ℓσνє? тнє? ℓιfє? уσυ? ℓινє,? αи∂? ℓινє? тнє? ℓιfє? уσυ? ℓσνє

    ? CH BOTTERZ ? SURAJ-KING,TK ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?