सपथ ग्रहणका लागि गुण्डा नाइके मनाङेले दिए निवेदन, पाउँछन् कि पाउँदैनन् ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष १३, २०७५
|
|
१६ पटक हेरिएको
Shares
सपथ ग्रहणका लागि गुण्डा नाइके मनाङेले दिए निवेदन, पाउँछन् कि पाउँदैनन् ?

सारांश

  • काठमाडौं १३ पुस ।
  • सर्वोच्चको आदेशमा अघिल्लो सातामात्रै थुनामुक्त भएका गुण्डा नाइके राजिव गुरुङ उर्फ दीपक मनाङेले गण्डकी प्रदेशसभामा सपथग्रहणका लागि निवेदन दिएका छन् ।
  •  मनाङेले बिहीबार अर्का व्यक्तिमार्फत प्रदेशसभामा लिखित निवेदन दर्ता गराएका हुन् ।

काठमाडौं १३ पुस । सर्वोच्चको आदेशमा अघिल्लो सातामात्रै थुनामुक्त भएका गुण्डा नाइके राजिव गुरुङ उर्फ दीपक मनाङेले गण्डकी प्रदेशसभामा सपथग्रहणका लागि निवेदन दिएका छन् । मनाङेले बिहीबार अर्का व्यक्तिमार्फत प्रदेशसभामा लिखित निवेदन दर्ता गराएका हुन् । प्रदेशसभा सचिवालयका उपसचिव नारायणप्रसाद अधिकारीका अनुसार सपथग्रहण गरिपाउँ भन्ने निवेदन प्रदेशसभा सचिवालयमा दर्ता भएको छ ।

निवेदन दर्ता भए पनि बाँकी प्रक्रिया भने कानुनअनुसार नै हुने सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिए । ‘उनी थुनामुक्त मात्र भएका हुन्, सपथग्रहण गर्न पाउँछन कि पाउँदैनन् भन्ने विषय कानुनअनुसार नै हुन्छ,’ उनले भने । गत वर्ष मंसिर १० गते भएको पहिलो चरणको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर उनी विजयी भएका थिए ।

उनले निर्वाचन जिते पनि हालसम्म प्रदेशसभा सदस्यको हैसियतमा सपथ भने लिएका छैनन् । निर्वाचन आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले केही हप्ताअघि मुद्दा फैसला नभएसम्म सपथ लिन नमिल्ने बताएका थिए ।

‘थुनामुक्त हुनु भनेको मुद्दा फैसला हुनु होइन,’ उनले भने, ‘अदालतले मुद्दा टुंग्याएको हकमा भने उनले सपथ लिन पाउँथे ।’ यो खबर आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली चलचित्र जगत्लाई अगाडि बढाउन राष्ट्रपतिको जोड
नेपाली चलचित्र जगत्लाई अगाडि बढाउन राष्ट्रपतिको जोड
मानव अङ्गदानलाई प्रोत्साहन गर्नुपर्छ : अध्यक्ष नेपाल
Husband is divorced after three hours and has his head shaved as punishment after bride declares him ‘greedy’ (and she marries another man the same day!)
Husband is divorced after three hours and has his head shaved as punishment after bride declares him ‘greedy’ (and she marries another man the same day!)
Breaking News : मन्त्री अधिकारी सवार एयर डाइनेस्टी हेलिकप्टर दुर्घटना paban bhattarai
Breaking News : मन्त्री अधिकारी सवार एयर डाइनेस्टी हेलिकप्टर दुर्घटना paban bhattarai
‘एक विद्यालय एक पुस्तकालय’ अभियान तत्काल कार्यान्वयनमा ल्याइने : उपप्रधानमन्त्री श्रेष्ठ
‘एक विद्यालय एक पुस्तकालय’ अभियान तत्काल कार्यान्वयनमा ल्याइने : उपप्रधानमन्त्री श्रेष्ठ
आसमा बित्यो तीन वर्ष, अझै कति…
आसमा बित्यो तीन वर्ष, अझै कति…
विप्लवको नेपाल बन्दबारे बोले गृहमन्त्री
विप्लवको नेपाल बन्दबारे बोले गृहमन्त्री
महान खेलाडी पेले अहिले घरबाहिर निस्कन पनि संकोच मान्छन्
महान खेलाडी पेले अहिले घरबाहिर निस्कन पनि संकोच मान्छन्
पुनरावेदन म्याद घट्दा सरकारी वकिललाई चार गुणा बढी काम
पुनरावेदन म्याद घट्दा सरकारी वकिललाई चार गुणा बढी काम
बम समातेर फाल्ने साहसी प्रहरी हवल्दार दुर्गाबहादुर राना असइ (प्रहरी सहायक निरीक्षक)मा बढुवा
बम समातेर फाल्ने साहसी प्रहरी हवल्दार दुर्गाबहादुर राना असइ (प्रहरी सहायक निरीक्षक)मा बढुवा

तपाईंले छुटाउनुभयो कि?