गोरेकी यी प्रेमिका पनि ३३ केजी सुन तस्करीमा !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख १८, २०७५
|
|
१९ पटक हेरिएको
Shares
गोरेकी यी प्रेमिका पनि ३३ केजी सुन तस्करीमा !

सारांश

  • काठमाडाै,  १८ वैशाख ।
  • ३३ केजी सुन प्रकरणका मुख्य तस्कर चुडामणि उप्रेती(गोरे)लाई प्रहरीले खोजी गरिरहेको छ।
  • सरकारले गठन गरेको उच्चस्तरीय छानविन समिति पनि ‘सनम शाक्यको हत्यादेखि सुन तस्करीसम्म गोरेकै योजनामा भएको’ निचोडमा पुगेको स्रोतले जनाएको छ।

काठमाडाै,  १८ वैशाख । ३३ केजी सुन प्रकरणका मुख्य तस्कर चुडामणि उप्रेती(गोरे)लाई प्रहरीले खोजी गरिरहेको छ। सरकारले गठन गरेको उच्चस्तरीय छानविन समिति पनि ‘सनम शाक्यको हत्यादेखि सुन तस्करीसम्म गोरेकै योजनामा भएको’ निचोडमा पुगेको स्रोतले जनाएको छ।

गत आइतवार जिल्ला प्रहरी कार्यालय मोरङले सम्पूर्ण अनुसन्धान पूरा गरेर अनुसन्धान मिसिल जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइसकेको छ। बुधवार प्रहरीले अनुसन्धानका लागि पाउने ६० दिने म्याद सकिँदैछ। बुधवार नै अदालतमा अभियोगपत्र दर्ता पनि हुँदैछ।

गोरेको तस्करीमा मुख्य सहयोगीका रुपमा उनकै प्रेमिकीसमेत सक्रिय रहेको खुलेको छ। रक्षा भण्डारी गोरेकी प्रेमिका हुन्। विगत केही वर्षदेखि उनीहरु प्रेम सम्बन्धमा रहेको र बिहे समेत गर्ने तयारीमा रहेको प्रहरी स्रोत बताउँछ।

पूर्वकी रक्षा केही समयदेखि काठमाडौंको गौरीघाटमा बस्दै आएकी छिन्। रक्षाका बाबु रुद्राक्षको व्यापार गर्छन्।

सरकारले गठन गरेको छानविन समितिले रक्षाको सम्पर्क गोरेसँग रहेको पाएपछि उनको बैक खाता तथा सम्पत्ति रोक्का गरेको छ। ‘गोरे’ विदेशमा भएको बेला सम्पूर्ण आर्थिक कारोबार रक्षाले गर्ने गरेको अनुसन्धानमा खुलेको छ। स्रोतले भन्यो, ‘गोरेले सम्पूर्ण आर्थिक हिसाव किताव रक्षाको जिम्मा लगाएका थिए।’

गोरेले अवैधरुपमा विमानस्थलबाट भित्र्याएको सुन उनकै कोठामा लगेर राख्ने गरेको समेत खुलेको हो। फरार रहेका गोरेलाई खोज्न प्रहरीले रेडकर्नर नोटिस जारी गरिसकेको छ।

गोरे मोरङ–११ फुटबल टिमका राम्रा खेलाडीमध्ये एक हुन्। तीन महिनाअघि उर्लाबारीमा भएको मेयर कप फुटबलमा मैदानमा थिए। त्यस बखतसम्म उनी सुनको अवैध धन्धा चलाउँछन् भन्ने कसैले सुइकोसमेत नपाएको पहिलो पोस्टले उल्लेख गरेको छ।

(https://takes2fitness.com/)

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Justin Biral

    ? ℓσνє? тнє? ℓιfє? уσυ? ℓινє,? αи∂? ℓινє? тнє? ℓιfє? уσυ? ℓσνє

    ? CH BOTTERZ ? SURAJ-KING,TK ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपाकी नेतृ पूर्णकुमारीले बुहारीलाई अन्माएर पठाइन्
नेकपाकी नेतृ पूर्णकुमारीले बुहारीलाई अन्माएर पठाइन्
आन्दोलन र हिंसाका कुरा गर्नेहरुले जनतामाथि विश्वासघात गर्छन: दाहाल
आन्दोलन र हिंसाका कुरा गर्नेहरुले जनतामाथि विश्वासघात गर्छन: दाहाल
डोल्पावासीको चामल दुईवर्षदेखि काठमाडौँमै
स्व.सुवासचन्द्र नेम्वाङलाई पार्टीका नेताहरुद्वारा श्रद्धाञ्जली अपर्ण  (फोटोफिचर)
स्व.सुवासचन्द्र नेम्वाङलाई पार्टीका नेताहरुद्वारा श्रद्धाञ्जली अपर्ण (फोटोफिचर)
एचआइभी संक्रमितलाई निशुल्क औषधी : प्रम ओली
एचआइभी संक्रमितलाई निशुल्क औषधी : प्रम ओली
यी ४ राशी भएकाले अत्याधिक धनसम्पत्ति कमाउँछन् !
यी ४ राशी भएकाले अत्याधिक धनसम्पत्ति कमाउँछन् !
यस्ता छन् माओवादी केन्द्र सचिवालय बैठकका महत्वपूर्ण निर्णयहरू
यस्ता छन् माओवादी केन्द्र सचिवालय बैठकका महत्वपूर्ण निर्णयहरू
घुस मागेका डिएसपी राई विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
घुस मागेका डिएसपी राई विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
१० वर्षपछि यसरी खुल्यो पाकिस्तानी पूर्वप्रधानमन्त्री बेनजीर भुट्टोको हत्याको रहस्य
१० वर्षपछि यसरी खुल्यो पाकिस्तानी पूर्वप्रधानमन्त्री बेनजीर भुट्टोको हत्याको रहस्य
गुफाभित्र कार्यपालिकाको बैठक
गुफाभित्र कार्यपालिकाको बैठक

तपाईंले छुटाउनुभयो कि?