दुवईमा बलात्कार पछि मृत्यु भएकी अष्टमीका परिवारलाई सहयोग
सारांश
- पोखरा, १९ वैशाख ।
- दुवईको आवुधाविमा आँफनै कम्पनीका सुपरभाईजरले बलात्कार गरेपछि सहन नसकेर आत्महत्या गरेकी गोरखा आरुघाटकी अष्टमी गुरुङको परिवारलाई यू केबाट संकलन गरि पठाईएको सहयोग रकम हस्तान्तरण गरिएको छ ।
- पोखरामा बुधबार आयोजित कार्यक्रममा ईन्जिनियर रोशन गुरुङले मृतककी आमा सोवर्ना गुरुङ र दिदी सुनमायाँ गुरुङलाई भेटेर ५६ हजार हस्तान्तरण गर्नुभएको हो ।
पोखरा, १९ वैशाख ।
दुवईको आवुधाविमा आँफनै कम्पनीका सुपरभाईजरले बलात्कार गरेपछि सहन नसकेर आत्महत्या गरेकी गोरखा आरुघाटकी अष्टमी गुरुङको परिवारलाई यू केबाट संकलन गरि पठाईएको सहयोग रकम हस्तान्तरण गरिएको छ ।
पोखरामा बुधबार आयोजित कार्यक्रममा ईन्जिनियर रोशन गुरुङले मृतककी आमा सोवर्ना गुरुङ र दिदी सुनमायाँ गुरुङलाई भेटेर ५६ हजार हस्तान्तरण गर्नुभएको हो । पत्रकार जीवन सुवेदी, राकेश गुरुङ लगायतको रोहबरमा उक्त रकम पीडितलाई हस्तान्तरण गरिएको हो । रकम प्राप्त गरेपछि मृतक अष्टमी गुरुङकी आमाले सहयोगप्रति धन्यबाद व्यक्त गर्दै आँफूले न्याय पाउनुपर्ने बताउनुभयो ।
पीडितको आँशु देखेपछि केहि भएपनि सहयोग गर्ने भावनाका साथ यूके बाट आप्mनी दिदी विजमायाँ गुरुङले नेपाली साथीहरुबाट शंकलन गरेको रकम पीडित परिवारलाई हस्तान्तरण गरिएको ईन्जिनियर रोशन गुरुङले जानकारी दिनुभयो । अष्टमीले दुवईा गत नोभेम्बर ४ आत्महत्या गरेको भनेर नेपाल ल्याईएको भएपनि उनको मोवाईलमा रहेको भिडियो म्यासेजमा आँफूलाई सुपरभाईजरले बलात्कार गरेपछि सहन नसकेर आत्महत्या गरेको खुलेको थियो ।
प्रतिक्रिया