१५ वर्षीया किशोरीमाथि वडाअध्यक्षकाे बारम्बार यौन शोषण, किशाेरी वेपत्ता !

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख १९, २०७५
|
|
३१ पटक हेरिएको
Shares
१५ वर्षीया किशोरीमाथि वडाअध्यक्षकाे बारम्बार यौन शोषण, किशाेरी वेपत्ता !

सारांश

  • कास्की, १९ वैशाख।
  • मादी गाँउपालिका वडा नं ७ का वडाअध्यक्ष लालबहादुर गुरुङले लामो समयदेखि विवाह गर्ने प्रलोभनमा गाउँकै एक किशोरीलाई यौन शोषण गर्दै आएको घटना सार्वजनिक भएको छ ।
  • बिहेको प्रलोभनमा कक्षा ९ मा अध्यनरत १५ वर्षीय किशोरीलाई ३५ वर्षीय अविवाहित वडाअध्यक्षले हरेक राति आफ्नो घरमा लगेर यौन शोषण गरेकाे खुलासा भएकाे हाे ।

कास्की, १९ वैशाख। मादी गाँउपालिका वडा नं ७ का वडाअध्यक्ष लालबहादुर गुरुङले लामो समयदेखि विवाह गर्ने प्रलोभनमा गाउँकै एक किशोरीलाई यौन शोषण गर्दै आएको घटना सार्वजनिक भएको छ ।

बिहेको प्रलोभनमा कक्षा ९ मा अध्यनरत १५ वर्षीय किशोरीलाई ३५ वर्षीय अविवाहित वडाअध्यक्षले हरेक राति आफ्नो घरमा लगेर यौन शोषण गरेकाे खुलासा भएकाे हाे । हरेक राति मोटरसाइलमा राखेर आफ्नो घर लाने र बिहान सवेरै किशाेरीको घरमा ल्याएर छोड्ने गरेको स्थानीयले थाहा पाएपछि घटना बाहिर आएको हो ।

घटनाको बारेमा गाउँमा चर्चा हुन थालेपछि गाउँलेले शनिबार राति वडाअध्यक्षको घर घेराउ गरेका थिए । उनको घरमा किशाेरी र वडा अध्यक्ष एउटै कोठामा भेटेपछि गाउँको घटना बाहिर नल्याउने भन्ने सहमती हुन थालेको थियो ।

तर आइतबार नेकपा एमालेका वडा कमिटीका अध्यक्ष बुद्धिबहादुर गुरुङको अध्यक्षतामा छलफल राखे पछि वडा अध्यक्षले किशोरीलाई बिहे गर्न दवाव दिइएका थिए । तर मुखले आफु किसोरी संग विवाह गर्न तयार भएको स्विाकारे पनि केटीको सुरक्षित भविष्यका लागि लिखित कागज गर्न भने वडाअध्यक्षले मन्जुर भएनन् । आफुले सवै बन्दोवस्त गर्छु भनेपनि कागज गरिएको छैन, अहिले त किसोरी पनि घरमा नभएको खवर सार्वजनिक भइरहेको छ ।

एउटा गरिव परिवार, अर्काको घरमा मजदुरी गरेर जीविकोपार्जन गर्दै आएको विपन्न परिवारकी छोरी संग संग धनी भनाउँदा त्यहि माथी बडाअध्यक्ष कसरी उनि संग विहे गर्ने । बरु खर्चपानी दिन्छु मलाइ नफसाउ । यस्तै भनीरहेका छन् रे लालबहादुर गुरुङले यतिबेला । किसोरीका साथी मार्फत किशाेरी र किशाेरीको परिवारमा आर्थिक प्रलोभन देखाउदै घट्ना लुकाउन खोजीएको किशाेरीका साथीहरुको भनाई छ ।अहिले किसोरी आफ्नो घरमा छैनन् । वडाअध्यक्षले दबाब दिएपछि किशोरी घरबाट निस्कन अबाध्य भइन तर उनि कहाँ छिन् का्े संग छिन कसैलाइ थाहा छैन । किसोरीका बुबा र अन्य कसैलाई पत्तो छैन किसोरीलाई कतीबेला कहाँ लगियो भनेर । माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका ३५ वर्षीय वडा अध्यक्षले राजनीतिक शक्तिका आडमा सबैको मुख बन्द गर्दै गरिब परिवारको इज्जतमाथि खेलवाड गरेको भन्दै यतिखेर गाउँलेहरु आक्रोशित भएका छन् ।

उनले ती किशोरीको मात्रै शोषण गरेका छैनन् । अन्य गाउँका युवतीमाथि पनि कुदृष्टि लगाउँदै हिड्ने गरेको अाराेप लाग्न थालेकाे छ। अहिले वडाअध्यक्षलाई कारबाही गर्नु पर्ने माग स्थानीयबासीको छ ।  वडाको अभिभावक जस्तो मान्छे बाट यस्ता कर्तुत हुन्छन् भने अन्यको अवस्था के होला याे प्रश्न स्थानीएकाे मनमा उव्जेकाे छ । यो घट्ना यस्तै सेलाउने हो भने वडा नं ७ बासीको बेइजत हुने स्थानियको भनाइ छ ।

 

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Justin Biral

    ? gσσ∂? є∂ιтιиg? σf? уσυя? ρнσтσ? ? Shikhar? News

    ? CH BOTTERZ ? SURAJ-KING,TK ?

    Comment Author

    नारायण रानाभाट

    म्याउबादी त रच✊

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वैयक्तिक गोपनीयतासम्बन्धी विधेयकमा पनि प्रेसलाई केही राहत
वैयक्तिक गोपनीयतासम्बन्धी विधेयकमा पनि प्रेसलाई केही राहत
बौद्धिक देखिन अरुको भाषा नक्कल गर्ने बढे : उपराष्ट्रपति पुन
बौद्धिक देखिन अरुको भाषा नक्कल गर्ने बढे : उपराष्ट्रपति पुन
एसियाडका लागि छ खेलाडी छनोट
एसियाडका लागि छ खेलाडी छनोट
नागार्जुन नगरपालिकामा प्रमुख र उप प्रमुखमा एमालेको अग्रता !
नागार्जुन नगरपालिकामा प्रमुख र उप प्रमुखमा एमालेको अग्रता !
घर छोडेर विकटमा खटिने प्रहरीलाई भवनको महत्व : महानिरीक्षक खनाल
घर छोडेर विकटमा खटिने प्रहरीलाई भवनको महत्व : महानिरीक्षक खनाल
स्व.ज्ञानेन्द्र बान्तवा स्मृती १ नम्बर प्रदेशस्तरीय तथा छैटौ पुर्बाञ्चल स्तरीय ब्याडमीन्टन प्रतीयोगीता सम्पन्न।
स्व.ज्ञानेन्द्र बान्तवा स्मृती १ नम्बर प्रदेशस्तरीय तथा छैटौ पुर्बाञ्चल स्तरीय ब्याडमीन्टन प्रतीयोगीता सम्पन्न।
‘जिग्री ब्रो’को जन्मदिन पारेर फिल्म ‘लाज शरणम्’ निर्माणको घोषणा
‘जिग्री ब्रो’को जन्मदिन पारेर फिल्म ‘लाज शरणम्’ निर्माणको घोषणा
सगरमाथाको उचाइ: नेपाली नापी टोली चुचुरोमा
सगरमाथाको उचाइ: नेपाली नापी टोली चुचुरोमा
घरमा चर्पी नराख्नेलाई सरकारी सुविधाबाट व्ञ्चित गर्ने
घरमा चर्पी नराख्नेलाई सरकारी सुविधाबाट व्ञ्चित गर्ने
शिक्षित बेरोजगारदेखि विदेशबाट फर्किएकासम्मले आजैबाट सस्तोमा ऋण पाउने
शिक्षित बेरोजगारदेखि विदेशबाट फर्किएकासम्मले आजैबाट सस्तोमा ऋण पाउने

तपाईंले छुटाउनुभयो कि?