सट्टेबाजीमा एजेन्ट बनेर नक्कली कम्पनीमार्फत करोडौँको कारोबार

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र ९, २०७९
|
|
१७ पटक हेरिएको
Shares
सट्टेबाजीमा एजेन्ट बनेर नक्कली कम्पनीमार्फत करोडौँको कारोबार

सारांश

  • काठमाडौँ ।
  • नेपालमा अवैध रहेको सट्टेबाजीमा नेपाली एजेन्टहरुले नक्कली कम्पनी खडा गरी दर्जनौँ खातामार्फत करोडौँको कारोबार गरेको पाइएको छ ।
  • छ जना नेपाली एजेन्टहरुले विश्वमा सञ्चालित विभिन्न खेल तथा अन्य गतिविधिमा सट्टेबाजी गर्न प्रयोग हुने बेटिङ एप्लिकेशनमार्फत सट्टेबाजी खेलाएर करोडौँको कारोबार गरेको खुलेको छ ।

काठमाडौँ । नेपालमा अवैध रहेको सट्टेबाजीमा नेपाली एजेन्टहरुले नक्कली कम्पनी खडा गरी दर्जनौँ खातामार्फत करोडौँको कारोबार गरेको पाइएको छ ।

छ जना नेपाली एजेन्टहरुले विश्वमा सञ्चालित विभिन्न खेल तथा अन्य गतिविधिमा सट्टेबाजी गर्न प्रयोग हुने बेटिङ एप्लिकेशनमार्फत सट्टेबाजी खेलाएर करोडौँको कारोबार गरेको खुलेको छ ।

प्रारम्भिक विवरणमा उनीहरुले विभिन्न समयमा सट्टेबाजी खेलाएर झण्डै ६० करोड कारोबार गरेको पाइएको प्रहरीले जनाएको छ ।

सट्टेबाजीमा जुम्ला घर भई भक्तपुर लोकन्थली बस्ने २३ वर्षका दिलिप सिंह कठायत, सोही ठाउँका भुपालराज न्यौपाने, नयनराज भण्डारी, सर्लाहीका वरुणकुमार सिंह, काठमाडौँका वासुदेव पाण्डे र काभ्रेपलाञ्चोकका शिवानी तामाङ एजेन्ट कै रुपमा संलग्न रहेको अनुसन्धानमा देखिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

सट्टेबाजी भइरहेको भन्ने सूचनाका आधारमा काठमाडौँको बानेश्वर, पेप्सीकोला र भक्तपुरको लोकन्थलीमा प्रहरीले गरेको खोज अनुस्न्धानमा उनीहरु सट्टेबाजी खेलमा प्रयोग हुने ‘वान–एक्स बेट’ का एजेन्ट रहेको पाइएको उनको भनाइ छ । उनीहरुले विभिन्न सेवा प्रदायक टेलिकम कम्पनीका तीन सय ३६ भन्दा बढी सिमकार्ड प्रयोग गरेको पनि अनुसन्धानका क्रममा खुलेको छ ।

उनीहरुमध्ये दिलिपले विगत १ वर्षदेखि, भूपालराज न्यौपानेले विगत ९ वर्षदेखि, नयनराजले विगत ६ वर्षदेखि, बरुणकुमारले विगत ६ महिनादेखि, शिवानीले आफ्नै नाममा खाता खोली रोशनी गुरुङलाई उक्त खाता चलाउन दिइ विगत ८ महिनादेखि र वासुदेव पाण्डेले एक महिनादेखि वान–एक्स बेटमा सट्टाबाजी गर्ने एजेन्टका रुपमा काम थालेको अनुसन्धानमा देखिएको छ ।

उनीहरुले रकम सङ्कलन र भुक्तानी गरेका आधारमा कमिसन निर्धारण हुने भएकाले त्यसको लोभमा विभिन्न व्यक्तिलाई फसाएर उनीहरुको नाममा डिजिटल वालेटमा खाता खोलेर कारोबार गर्ने गरेको पाइएको छ ।

उनीहरुमध्ये दिलिप, भुपालराज र नयनराजको नाममा रहेको आठ वटा र आफन्तको नाममा दुई वटा नक्कली कम्पनीको नाममा दुई वटा कर्पाेरेट खातासहित १२ वटा खाता सञ्चालन गरी बेटिङ कारोबार गर्ने गरेको पाइएको छ ।

तीमध्ये नौ वटा खाताको कारोबार हेर्दा हालसम्म कुल रु सात करोड ७७ लाख ८७ हजार कारोबार भएको देखिएको छ । प्रहरीका अनुसार बरुणको खातामा ८२ लाख, शिवानीको खातामा ४७ लाख कारोबार भएको पाइएको छ ।

प्रहरीको अनुसन्धानमा फेला परेको तथ्यअनुसार उनीहरुले अन्य ३५ जना व्यक्तिको नाममा डिडिटल वालेटमा खाता खोली रु ४१ करोड र अन्य १५ जना व्यक्तिको ३४ वटा खातामा १२ करोड २५ लाख कारोबार गरेको पनि फेला पारेको छ । पक्राउ परेकाहरुको खाताबाट भने रू आठ करोड ८ लाख कारोबार भएको पाइएको छ ।

उनीहरुलाई पक्राउ गरी मुलुकी अपराध संहिताको दफा १२५ को उपदफा ४ बमोजिम सट्टाबाजी गर्न नहुने कसुरअन्तर्गत जिल्ला प्रहरी परिसर भक्तपुर र काठमाडौँले अनुसन्धान थालेको छ ।

(mypatraining.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चलचित्र “हिरोज” को टिजर रिलिज : टिजरमा करिश्मा देखि पुर्णिमा सम्म
चलचित्र “हिरोज” को टिजर रिलिज : टिजरमा करिश्मा देखि पुर्णिमा सम्म
उपराष्ट्रपति नन्दबहादुर पुन “पासाङ” असोज ३ गते चीन जाने
उपराष्ट्रपति नन्दबहादुर पुन “पासाङ” असोज ३ गते चीन जाने
दश महिना मै ९१ करोड आम्दानी
दश महिना मै ९१ करोड आम्दानी
त्रिभुवन विमानस्थलमा यतिको जहाज चिप्लियो, केही यात्रु सामान्य घाइते, विमानस्थलमा उडान अवतरण बन्द
त्रिभुवन विमानस्थलमा यतिको जहाज चिप्लियो, केही यात्रु सामान्य घाइते, विमानस्थलमा उडान अवतरण बन्द
इटहरी उपमहानगर : मेयरमा ६ भोट, उपमेयरमा शून्य पनि, कांग्रेस एमालेबाहेक सबैको जमानत जफत
इटहरी उपमहानगर : मेयरमा ६ भोट, उपमेयरमा शून्य पनि, कांग्रेस एमालेबाहेक सबैको जमानत जफत
६ वर्ष बित्दा पनि आएन शव
बाढीले रेलको लिक समेत बगायो
बाढीले रेलको लिक समेत बगायो
राष्ट्रिय जनमोर्चाले देख्यो राजतन्त्र पूनःस्थापना हुने खतरा !
राष्ट्रिय जनमोर्चाले देख्यो राजतन्त्र पूनःस्थापना हुने खतरा !
उचित मूल्य नपाएको भन्दै किसानले सडकमा तरकारी फाले
उचित मूल्य नपाएको भन्दै किसानले सडकमा तरकारी फाले
प्रधानमन्त्रीको भ्रमण सफल भन्दै देउवालाइ लगाइन सुजाताले यस्तो आरोप
प्रधानमन्त्रीको भ्रमण सफल भन्दै देउवालाइ लगाइन सुजाताले यस्तो आरोप

तपाईंले छुटाउनुभयो कि?