मन्त्री केशव स्थापितको धुलो हटाउने यस्तो आइडिया

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ ६, २०७५
|
|
३७ पटक हेरिएको
Shares
मन्त्री केशव स्थापितको धुलो हटाउने यस्तो आइडिया

सारांश

  • काठमाडौँ, ६ जेठ- प्रदेश ३ का भौतिक पूर्वाधार विकासमन्त्री केशव स्थापितले ३ नं प्रदेशका सडकलाई धुलोमुक्त बनाइने दाबी गरेका छन् ।
  •  उनले धुलो हटाउने आइडिया समेत सुनाएका छन् ।
  • शनिवार प्रदेश मन्त्रालयद्वारा ‘स्वाइल सेभेलाइजेसन’ प्रविधिबारे जनप्रतिनिधिलाई जानकारी गराउने उद्देश्यले काठमाडौँमा आयोजित भेलामा धुलोमुक्त बनाउने बताएका हुन् ।

काठमाडौँ, ६ जेठ- प्रदेश ३ का भौतिक पूर्वाधार विकासमन्त्री केशव स्थापितले ३ नं प्रदेशका सडकलाई धुलोमुक्त बनाइने दाबी गरेका छन् । उनले धुलो हटाउने आइडिया समेत सुनाएका छन् ।

शनिवार प्रदेश मन्त्रालयद्वारा ‘स्वाइल सेभेलाइजेसन’ प्रविधिबारे जनप्रतिनिधिलाई जानकारी गराउने उद्देश्यले काठमाडौँमा आयोजित भेलामा धुलोमुक्त बनाउने बताएका हुन् ।

स्थापितले चाँडै नै अमेरिकी कम्पनी स्टेडफास्टसँग सम्झौता गरेर उक्त प्रविधि नेपाल भित्र्याइ सडकलाई धुलोमुक्त बनाउने दाबी गरे । ‘प्रदेश नं ३ मा अधिकांश सडक अझै कालोपत्रे भएका छैनन्, त्यसैले ग्राभेल सडकमा एग्रीविन्ड रसायन प्रयोग गरी धुलोलाई नियन्त्रण गरिनेछ’ उनले भने ।

उक्त प्रविधिमार्फत एग्रीविन्ड नामक रसायन प्रयोग गरी सडकलाई धुलौटो बनाएर जमाउने काम गरिन्छ जसले गर्दा सडकमा रहेको धुलो जमेर उड्न पाउँदैन । भौतिक निर्माणका लागि ठेकेदारको मुख ताक्नुपर्ने अवस्थाको अन्त्य गर्न प्रदेश सरकारले नै निर्माण कम्पनी स्थापनाको तयारी गरेको समेत जानकारी दिए ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Krishna Tiwari

    badai cha hajur

    Comment Author

    Om Sagar Shrestha

    Jadyaha sir ko idea ni k k ho…kaam nai garera dekhaye ta kuni..natra wui jaad ko sur ma barbara ko jsto hune ho….

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?