पत्रकार महासंघ र नेपाल एफएम व्यवस्थापनबीच ४ बुँदे सहमति

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २०, २०७५
|
|
२६ पटक हेरिएको
Shares
पत्रकार महासंघ र नेपाल एफएम व्यवस्थापनबीच ४ बुँदे सहमति

सारांश

  • काठमाडौं, २० बैशाख ।
  • कर्मचारी तथा पत्रकारहरुलाई समयमै तलब नदिएको भन्दै आन्दोलित नेपाल पत्रकार महासंघ र नेपाल एफएम व्यवस्थापनबीच ४ बुँदे सहमति भएको छ ।
  • नेपाल एफएममा मागपत्रसहित कालो ब्यानर टाँगेपछि व्यवस्थापनले छलफलमा बोलाएको थियो ।

काठमाडौं, २० बैशाख । कर्मचारी तथा पत्रकारहरुलाई समयमै तलब नदिएको भन्दै आन्दोलित नेपाल पत्रकार महासंघ र नेपाल एफएम व्यवस्थापनबीच ४ बुँदे सहमति भएको छ । नेपाल एफएममा मागपत्रसहित कालो ब्यानर टाँगेपछि व्यवस्थापनले छलफलमा बोलाएको थियो ।

छलफलपश्चात नियमित तलब तत्काल सुरु गर्ने र लामो समयसम्मको बक्यौता एक महिनाभित्र टुङ्ग्याउने लगायतका सहमति भएको महासंघ केन्द्रीय सदस्य तथा श्रमजीवी हित प्रवद्र्धन समितिका सह संयोजक जन्मदेव जैसीले बताए । सहमतिपत्रमा नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्ट र नेपाल एफएमका कार्यकारी निर्देशक विष्णुहरि ढकालले हस्ताक्षर गरेका छन् ।

छलफलमा महासंघका सचिव एवं श्रमजीवी हित प्रवद्र्धन समितिका संयोजक रामप्रसाद दाहाल, सहसंयोजक जैसी, केन्द्रीय सदस्य एवं प्रतिष्ठान संयोजक यम बिरहीसहित नेपाल एफएम सञ्चालक समिति अध्यक्ष शोभा सापकोटा, नेपाल एफएम प्रतिष्ठान शाखाका अध्यक्ष वैकुण्ठ ढकाल, सचिव रघुनाथ बजागाईको उपस्थिति थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१३औँ साग : आज दशरथ रङ्गशालामा भव्य समारोहबीच उद्घाटन हुँदै
१३औँ साग : आज दशरथ रङ्गशालामा भव्य समारोहबीच उद्घाटन हुँदै
देवचुली नगरपालिकाले विपन्न परिवारलाई घर बनाइदिँदै
देवचुली नगरपालिकाले विपन्न परिवारलाई घर बनाइदिँदै
मनोमानी शुल्क असुल्दै ​निजी तथा सरकारी अस्पताल
मनोमानी शुल्क असुल्दै ​निजी तथा सरकारी अस्पताल
प्रहरीलाई दुर्घटना, अपराधबारे जानकारी दिन १०० मा एसएमएस
अध्यक्ष ओलीको अभिव्यक्तिप्रति उपमहासचिव योगेश भट्टराईको असन्तुष्टि: ‘जितको ग्यारेन्टी कसैले लिएको हुँदैन’
अध्यक्ष ओलीको अभिव्यक्तिप्रति उपमहासचिव योगेश भट्टराईको असन्तुष्टि: ‘जितको ग्यारेन्टी कसैले लिएको हुँदैन’
साउदीमा नेपाली महिला कामदारमाथि चरम शोषण, दूतावासद्वारा मागपत्र प्रमाणीकरणमा रोक
घन्टौं कुरेर ओली निवासमा बधाई दिनेको भीड (हेर्नुहोस् ६ तस्बिरमा)
घन्टौं कुरेर ओली निवासमा बधाई दिनेको भीड (हेर्नुहोस् ६ तस्बिरमा)
बलात्कार गर्न खोज्ने पक्राउ
बलात्कार गर्न खोज्ने पक्राउ
Bigg Boss 11 contestant Sapna Chaudhary’s stylish makeover will leave you stunned!
Bigg Boss 11 contestant Sapna Chaudhary’s stylish makeover will leave you stunned!
जिप र माइक्रोबस असार १ देखि नयाँ बसपार्कभित्रबाट सञ्चालन हुने
जिप र माइक्रोबस असार १ देखि नयाँ बसपार्कभित्रबाट सञ्चालन हुने

तपाईंले छुटाउनुभयो कि?