मनोमानी शुल्क असुल्दै ​निजी तथा सरकारी अस्पताल

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ १६, २०७४
|
|
४३ पटक हेरिएको
Shares
मनोमानी शुल्क असुल्दै ​निजी तथा सरकारी अस्पताल

सारांश

  • नेपालमा स्वास्थ्य र शिक्षा जनताको पहुँचभन्दा टाढाका बिषय बन्दै जान थालेका छन् ।
  • गरिब नेपाली स्वास्थ्य उपचारका नाममा शोषणमा पर्ने गरेका छन् ।
  • अस्पतालहरु बिरामी लुट्ने अखाडामा परिणत भएका छन् ।

नेपालमा स्वास्थ्य र शिक्षा जनताको पहुँचभन्दा टाढाका बिषय बन्दै जान थालेका छन् । गरिब नेपाली स्वास्थ्य उपचारका नाममा शोषणमा पर्ने गरेका छन् । अस्पतालहरु बिरामी लुट्ने अखाडामा परिणत भएका छन् । नेपालका हरेक शहरमा अहिले अस्पताल खोल्ने होडबाजी चल्न थालेको छ । सरकारी अस्पतालमा काम गर्ने चिकित्सकहरु नै निजी अस्पताल खोल्ने गरेका छन् । जिल्लामा सञ्चालित विभिन्न अस्पतालले उपचार गर्ने बहानामा प्रयोगात्मक परीक्षण गर्ने गरेको बिरामी र उनीहरुका आफन्तले आरोप लगाएका छन् ।  ‘एकथोक बिरामी भएर अस्पताल आयो अर्कैथरी रोग’ देखाएर अनावश्यक चेक जाँचका नाममा चिकित्सकले ब्रम्हलुट मच्चाएको उनीहरुको आरोप छ । बिरामी र तिनका आफन्तले बिर्तामोडमा पत्रकार सम्मेलन गरी सामान्य रोगको लक्षण देखिएर अस्पतालमा उपचारका लागि आए परीक्षणका नाममा हुँदै नभएका उपकरणबाट रोग परीक्षणका लागि भन्दै बिल काट्न लगाउने र अनावश्यक चेकजाँच गर्ने गरेको आरोप लगाएका छन् ।  मोरङको भौंडाहाका ३० वर्षीय जयराम सरदारले आफ्ना ससुरा ५० वर्षीय फुलेन सरदारलाई बिर्तामोडको एक अस्पतालमा भर्ना गर्दा चेकजाँचका नाममा अनेकथरी जाँच गर्न लगाएको र एक थोक रोग हुँदाहुँदै अर्कै थोक रोगको उपचार गरेको आरोप लगाउनुभयो ।  उहाँले भन्नुभयो–“मेरा ससुरा फुलेनको दाहिने हातको चारवटा औंला काटिएकोमा अहिले उपचारार्थ विराटनगरको नोबेल अस्पतालबाट झापा ल्याए । उपकरण नभएपछि नोबेलकै सल्लाहमा अहिले उहाँको बिएन्डसीमा राखेर उपचार गर्दैछु ।”  बिर्तामोडका कनकाई, मनमोहन, बिर्ता्सिटी, कञ्चनजङ्घा अस्पतालले अनावश्यक चेकजाँचका नाममा शुल्क लिने गरेको बिरामीको आरोप छ । इलामको नयाँ बजारका ५९ वर्षीय लीलाबहादुर निरौलालाई बिर्ता सिटी अस्पतालले नशा सुकेको भनी औषधि खान दिएको आफन्तको आरोप छ ।  “पटक÷पटक अस्पताल धाउँदा पनि सुधार भएन,” निरौलाकी छोरी सीताले भन्नुभयो । “सिटी स्क्यान, एमआरआईलगायत परीक्षण गर्दा पनि रोग पत्ता नलागेपछि बिर्तामोडको बिएन्डसीमा आएर परीक्षण गराउँदा उहाँलाई ट्युमर भएको पाइयो,” उहाँले भन्नुभयो ।  बिर्तामोडको बिएन्डसी अस्पतालमा अत्याधुनिक प्रविधिसहितको ७२ जना दक्ष चिकित्सकले सेवा प्रदान गरिरहेका छन् । बिरामीको अत्याधिक चाप रहेको सो अस्पतालका कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाईंले बताउनुभयो । आफ्नै वरिपरीका अस्पतालले यहाँको उच्च प्रविधिको उपयोग गरी बिरामीलाई उपचार गर्नुपर्नेमा बिराटनगर, धरान, भारतको सिलगुडीलगायत ठाउँमा पठाउने गरेका उहाँको भनाइ छ ।  पछिल्लो समय बिएन्डसी मेडिकल कलेज, टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टर पूर्वकै रिफरल अस्पतालको रुपमा विकसित हुँदै गएको छ । पूर्वका अन्य निजी अस्पतालभन्दा प्राविधिक तथा जनशक्तिका हिसाबले उच्च क्षमतायुक्त सो अस्पतालमा विराटनगरको मोडल, न्यूरो अस्पताल तथा धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट समेत बिरामी पठाइने गरेको पाइएको छ ।  बिर्तामोडकै अन्य अस्पतालमा उपचारार्थ भर्ना भएका बिरामीलाई स्थानीय अस्पतालले सेवा सुविधाबारे जानकारी हुँदाहुँदै पनि धरान, विराटनगर तथा भारतको विभिन्न ठाउँका अस्पतालमा पठाएर बिरामीलाई सास्ती दिने गरेको पाइएको छ ।

 

 

 

रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राणालाई इजलास तोकिएन, ६ जनाद्वारा पेसी अस्वीकार
राणालाई इजलास तोकिएन, ६ जनाद्वारा पेसी अस्वीकार
म्यानमाको न्याउङ–उ शहरमा ५८ वर्षमा सबैभन्दा धेरै वर्षा
म्यानमाको न्याउङ–उ शहरमा ५८ वर्षमा सबैभन्दा धेरै वर्षा
रेडियो सम्पदा ९०.५ मेगाहर्जद्वारा समाजसेवी मन्जु खाँड सम्मानित
रेडियो सम्पदा ९०.५ मेगाहर्जद्वारा समाजसेवी मन्जु खाँड सम्मानित
बाढी–पहिरोले पाँच प्रमुख सडकखण्डमा यातायात अवरुद्ध
बाढी–पहिरोले पाँच प्रमुख सडकखण्डमा यातायात अवरुद्ध
लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको जमिन फिर्ता ल्याएर छाड्ने ओलीको अठोट, दार्चुलामा उर्लियो जनसागर
लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको जमिन फिर्ता ल्याएर छाड्ने ओलीको अठोट, दार्चुलामा उर्लियो जनसागर
नेप्सेमा झिनो अङ्कको गिरावट
नेप्सेमा झिनो अङ्कको गिरावट
देउवा सरकारले गरेका राजनीतिक नियुक्ति खारेज, चिकित्सा विधेयक फिर्ता हुने
देउवा सरकारले गरेका राजनीतिक नियुक्ति खारेज, चिकित्सा विधेयक फिर्ता हुने
सेनाको सुक्ष्म अन्वेषण रणनीतिअनुसार जनसरोकारका बिषयमा स्थापित गण, गुल्म र पोस्टको सक्रियता बढाइँदै
सेनाको सुक्ष्म अन्वेषण रणनीतिअनुसार जनसरोकारका बिषयमा स्थापित गण, गुल्म र पोस्टको सक्रियता बढाइँदै
सुतेकै अवस्थामा दुईजना मृत फेला
४५ सेकेण्डसम्म चुप हुने गरी प्रपोज गर्दा के भनेका थिए निकले प्रियंका लाई?
४५ सेकेण्डसम्म चुप हुने गरी प्रपोज गर्दा के भनेका थिए निकले प्रियंका लाई?