घन्टौं कुरेर ओली निवासमा बधाई दिनेको भीड (हेर्नुहोस् ६ तस्बिरमा)

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन ५, २०७४
|
|
३४ पटक हेरिएको
Shares
घन्टौं कुरेर ओली निवासमा बधाई दिनेको भीड (हेर्नुहोस् ६ तस्बिरमा)

सारांश

  • काठमाडौं, फागुन ५ ।
  • नवनियुक्त प्रधानमन्त्री केपी ओलीलाई बधाई तथा शुभकाना दिन भक्तपुरको बालकोटस्थित उनको निजी निवासमा आउनेको भीड लागेको छ ।
  • नवनियुक्त मन्त्रीद्वय, प्रदेश मन्त्री, प्रदेशसभाका सभामुख, एमालेका कन्द्रीय नेता, सञ्चारकर्मी, कलाकार, व्यापारी, सुरक्षा निकायका उच्च ओहोदाका व्यक्तिलगायतले प्रधानमन्त्रीलाई उनकै निवासमा पुगेर बधाई तथा शुभकामना दिएका हुन् ।

काठमाडौं, फागुन ५ । नवनियुक्त प्रधानमन्त्री केपी ओलीलाई बधाई तथा शुभकाना दिन भक्तपुरको बालकोटस्थित उनको निजी निवासमा आउनेको भीड लागेको छ ।

नवनियुक्त मन्त्रीद्वय, प्रदेश मन्त्री, प्रदेशसभाका सभामुख, एमालेका कन्द्रीय नेता, सञ्चारकर्मी, कलाकार, व्यापारी, सुरक्षा निकायका उच्च ओहोदाका व्यक्तिलगायतले प्रधानमन्त्रीलाई उनकै निवासमा पुगेर बधाई तथा शुभकामना दिएका हुन् ।

शुक्रबार बिहान ७ बजेदेखि नै ओली निवासमा शुभेच्छुकको भीड लागेको थियो । बधाई दिन आउने घन्टौं कुरेर लामबद्व भएर ओलीलाई बधाई तथा शुभकामना दिएका थिए ।

ओली निवासमा जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डित र महिला बालबालिका तथा समाजकल्याणमन्त्री थममाया थापा पनि पुगेका थिए ।

ओलीलाई बधाई दिन प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानु श्रेष्ठ, आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेललगायत पनि पुगेका थिए ।

त्यस्तै प्रदेश ३ का प्रदेश सांसद राजेन्द्रमान श्रेष्ठ, कलाकार शिव श्रेष्ठलगायत पनि बधाई तथा शुभकामना दिन ओली निवास पुगेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?