सरकारले उठायाे कडा कदम, यातायात व्यवसायीको बैंक खाता रोक्का, सम्पत्तिमाथि छानबिन शुरु!

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २१, २०७५
|
|
१७ पटक हेरिएको
Shares
सरकारले उठायाे कडा कदम, यातायात व्यवसायीको बैंक खाता रोक्का, सम्पत्तिमाथि छानबिन शुरु!

सारांश

  • काठमाडौं, २१ बैशाख  ।
  • सरकारले गाडी थन्क्याएर आन्दोलनमा उत्रेका यातायात व्यवसायीहरुको सम्पत्ति छानबिन शुरू गरेको छ ।
  • शुक्रबार गृहमन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री र नेपाल राष्ट्र बैंकका गर्भनर लगायतको संयुक्त बैठकले व्यवसायीहरुको विवरण संकलन गरी सम्पत्ति छानबिन गर्ने निर्णय गरेको हो ।

काठमाडौं, २१ बैशाख  । सरकारले गाडी थन्क्याएर आन्दोलनमा उत्रेका यातायात व्यवसायीहरुको सम्पत्ति छानबिन शुरू गरेको छ ।

शुक्रबार गृहमन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री र नेपाल राष्ट्र बैंकका गर्भनर लगायतको संयुक्त बैठकले व्यवसायीहरुको विवरण संकलन गरी सम्पत्ति छानबिन गर्ने निर्णय गरेको हो ।

शुक्रवारको बैठकमा यातायात समिति र समितिका पदाधिकारीको सम्पत्ति विवरणा शंकलन गरी तत्काल सम्पत्ति शुद्धिकरणलाई लेखि पठाउने निर्णय समेत भएको छ ।

बैठकले सवारी सञ्चालन गर्न अनुमति लिएका साविकका यातायात समिति तथा समितिका पदाधिकारीहरको विवरण सम्पत्ति शुद्धिकरण विभागमा पठाइ सम्पत्ति छानबिनका लागि प्रक्रिया अघि बढाउन यातायात व्यवस्था विभागलाई निर्देशन दिएको छ ।

विभागले सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुबाट समितिको नाममा रहेको चल अचल सम्पत्ति र व्यवसायीहरुको विवरण तत्काल संकलन गरी प्रक्रिया अघि बढाउने बताएको छ ।

बैठकले सार्वजनिक सवारी नचलाउन नेतृत्व गर्ने नेपाल यातायात राष्ट्रिय महासंघ सम्पूर्ण पदाधिकारी, सबै यातायात समितका सबै पदाधिकारी र समितिका नाममा रहेका सम्पूर्ण बैंक खाता रोक्का गर्ने समेत निर्णय गरेको छ ।

यसका लागि यातायात व्यवस्था विभागले अर्थमन्त्रालयमार्फत राष्ट्र बैंकलाई सम्पूर्ण विबरण लेखी पठाउनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?