पाँचजना जुवाडे पक्राउ

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १८, २०७४
|
|
३४ पटक हेरिएको
Shares
पाँचजना जुवाडे पक्राउ

सारांश

  • पोखरा, १८ असोज  ः जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पोखरा लेखनाथ महानगरपालिका– १४ छिनेडाँडा शान्ति टोलबाट पाँचजना जुवाडेलाई मंगलबार पक्राउ गरेको छ ।
  • उनीहरुको साथबाट रु ३४ हजार ३४८ बरामद गरेको छ ।
  • स्थानीयवासी विष्णुमाया तामाङको घरबाट जुवा खेलिरहेका सुराकीको आधारमा पक्राउ पर्नेमा पोखरा १४ छिनेडाँडाका मनोज तामाङ, वुद्धिमान तामाङ, हरिदेव शर्मा र राजकुमार गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता खडकबहादुर खत्रीले जानकारी दिनुभयो ।

पोखरा, १८ असोज  ः जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पोखरा लेखनाथ महानगरपालिका– १४ छिनेडाँडा शान्ति टोलबाट पाँचजना जुवाडेलाई मंगलबार पक्राउ गरेको छ । उनीहरुको साथबाट रु ३४ हजार ३४८ बरामद गरेको छ ।

स्थानीयवासी विष्णुमाया तामाङको घरबाट जुवा खेलिरहेका सुराकीको आधारमा पक्राउ पर्नेमा पोखरा १४ छिनेडाँडाका मनोज तामाङ, वुद्धिमान तामाङ, हरिदेव शर्मा र राजकुमार गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता खडकबहादुर खत्रीले जानकारी दिनुभयो ।

यसैगरी पोखराबाट काठमाडाँै जान लागेका एकजना भारतीय नागरिक पाँच लाख ३२ हजार ५०० भारुसहित पक्राउ परेका छन् ।

काठमाडाँै जान लागेका भारतको पश्चिम बंगाल कोलकताका ३६ वर्षीय कृष्नेदु बेनर्जीलाई अवैद्य भारतीय रुपैयासहित पोखरा विमानस्थलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता खडकबहादुर खत्रीले जानकारी दिनुभयो ।

थप अनुसन्धान र कारवाहीका लागि पक्राउ परेका व्यक्ति र रकमसहित मंगलबार राजश्व अनुसन्धान विभाग काठमाडाँै पठाइएकोछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?