​प्रधानमन्त्रीज्यू, के लेखेको यस्तो ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख २२, २०७५
|
|
२३ पटक हेरिएको
Shares
​प्रधानमन्त्रीज्यू, के लेखेको यस्तो ?

सारांश

  • काठमाडाै, २२ वैशाख ।
  • सरकार समृद्धिको नारा दिएको दिएकै छ ।
  • सरकारी नीति र योजना कार्यान्वयनमा ल्याउनु पर्ने निकाय भने हामी दरिद्र छौं, भातमा हात चोबल्छौं, चम्चा प्रयोग गर्न पनि जान्दैनौं, मासु खाने क्षमता छैन भनेर सरकारी वेबसाइटमा लेखी मुलुककै हुर्मत लिन्छौ ।

काठमाडाै, २२ वैशाख । सरकार समृद्धिको नारा दिएको दिएकै छ । सरकारी नीति र योजना कार्यान्वयनमा ल्याउनु पर्ने निकाय भने हामी दरिद्र छौं, भातमा हात चोबल्छौं, चम्चा प्रयोग गर्न पनि जान्दैनौं, मासु खाने क्षमता छैन भनेर सरकारी वेबसाइटमा लेखी मुलुककै हुर्मत लिन्छौ ।

विश्वभर हेरिने र आधिकारिक रेकर्डसमेत रहने सरकारी वेबसाइटमा मनगढन्ते र हल्काफुल्का कुरा लेखेर नकारात्मक सन्देश पर्यटन विभागले प्रवाह गरेको हो । मंसिर १० गते गरिएको विभागको आधिकारिक वेबसाइटमा मासुको परिकार लोकप्रिय भए पनि महँगो पर्ने भएकाले नेपालीहरू विशेष अवसरमा मात्र खान्छन् भनेर विश्वभर प्रचार गरिएको छ । के सरकारी निकायले नेपालबारे विश्वसामु प्राथमिकतासाथ देखाउनुपर्ने हाम्रा विशेषता यिनै हुन् ?विदेशी पर्यटकलाई आकर्षित गरी मुलुकको आयदेखि जीवनस्तरसम्म उकास्न सरकार नयाँनयाँ योजना र सपना बाँडिरहेको छ । तर, तिनलाई कार्यान्वयनमा ल्याउनुपर्ने सरकारको हात पाउ रुपी कर्मचारी संयन्त्रको चाला भने यस्तो लाजमर्दो छ।

सो वेबपेजमा नेपालमा खाना पकाउने कुनै अनौठो तरिका छैन । तैपनि, ठाउँका आधारमा फरक फरक खाना खाने चलन छ भनेर प्राथमिकता दिँदै लेखिएको छ । अनौठा तरिका छन् भने तिनलाई प्रस्तुत गरी आश्वस्त तुल्याउनुपर्ने विभागले अनौठा तरिका छैन भनेर लेख्नुको अर्थ के होला ? कि नेपालमा नयाँ र हेर्न, जान्नयोग्य केही बस्तु, विषय र संस्कार नै छैन भन्न खोजेको हो ? भारतले नेपालका छोरा बुद्धसमेत उतै जन्मिएको भनी पर्यटन प्रवद्र्धन गरिरहेको  जनअास्थामा खवर छ  । तर देशको पर्यटन प्रबद्र्धन गर्नुपर्ने मुख्य जिम्मेवारी बोकेको पर्यटन विभागले आफ्नो वेबसाइटमा लेखेको छ– नेपालको खाना भारतीय र तिब्बती खाना पकाउने तरिकाबाट प्रभावित छ ।

यसको मतलब प्रष्ट हुन्छ कि भारत र तिब्बतमा खाइने खानाको नक्कल नेपालले गरेको हो । त्यताभन्दा फरक छैन, खानाको मामलामा हाम्रो बेग्लै स्वाद र संस्कार छैन । त्यसैले विश्वभरका खानाका सौखिनहरू भारत र तिब्बत गइसकेपछि नेपाल आइरहनुको अर्थ छैन । के हाम्रो मौलिक खाना र विशेषता छैनन् रु पर्यटन विभागले अगाडि लेखेको छ– नेपालीहरूको खानामा मम सबभन्दा बढी लोकप्रिय छ । मासु खान अवसर कुर्नुपर्ने भन्ने पर्यटन विभागका बुजु्रकहरूले ममः चाहिँ अत्यधिक लोकप्रिय छ भनेर कसरी लेखेका होलान् ? अधिकांश नेपालीले ममः खाएका छन् रु यस्तो तथ्यांक पर्यटन विभागसँग छ रु

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नयाँ वर्षमा विश्वास, आशा र साहसका साथ राष्ट्रको क्षमता उजागर गर्नुपर्नेछः प्रधानमन्त्री
नयाँ वर्षमा विश्वास, आशा र साहसका साथ राष्ट्रको क्षमता उजागर गर्नुपर्नेछः प्रधानमन्त्री
‘कोरोना भए ममता बेनीर्जीलाई अंकमाल गर्छु’ भन्ने भाजपा नेतालाई कोरोना संक्रमण
‘कोरोना भए ममता बेनीर्जीलाई अंकमाल गर्छु’ भन्ने भाजपा नेतालाई कोरोना संक्रमण
प्रेमीको लिंग छेदन गर्ने प्रेमिकालाई अंगभंग कसुर
प्रेमीको लिंग छेदन गर्ने प्रेमिकालाई अंगभंग कसुर
कुखुराको मासु र परिकार बिक्री केन्द्र स्थापना हुने
कुखुराको मासु र परिकार बिक्री केन्द्र स्थापना हुने
नेयमार र एम्बाप्पेका कारण रियल मड्रिडमा हाइअलर्ट
नेयमार र एम्बाप्पेका कारण रियल मड्रिडमा हाइअलर्ट
श्रीलङ्का आक्रमण: मृतकको सङ्ख्या २९० पुग्यो, प्रधानमन्त्रीद्वारा सुरक्षा निकाय माथि छानबिनको माग
श्रीलङ्का आक्रमण: मृतकको सङ्ख्या २९० पुग्यो, प्रधानमन्त्रीद्वारा सुरक्षा निकाय माथि छानबिनको माग
नेपाल र सिंगापुरको खेल  रोकियाे !
नेपाल र सिंगापुरको खेल रोकियाे !
इस्लामबिरुद्ध घृणा फैलाएको आरोपमा ओबामा प्रशासनका एक अधिकृत पक्राउ
इस्लामबिरुद्ध घृणा फैलाएको आरोपमा ओबामा प्रशासनका एक अधिकृत पक्राउ
‘जेन-जी’ आन्दोलन :ओली र लेखकविरुद्ध प्रहरीमा जाहेरी, अखिलको ‘काउण्टर’
‘जेन-जी’ आन्दोलन :ओली र लेखकविरुद्ध प्रहरीमा जाहेरी, अखिलको ‘काउण्टर’
पाकिस्तान भूकम्प : मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो, ४७६ भन्दा बढी घाइते
पाकिस्तान भूकम्प : मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो, ४७६ भन्दा बढी घाइते

तपाईंले छुटाउनुभयो कि?