नेयमार र एम्बाप्पेका कारण रियल मड्रिडमा हाइअलर्ट

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ २४, २०७६
|
|
४२ पटक हेरिएको
Shares
नेयमार र एम्बाप्पेका कारण रियल मड्रिडमा हाइअलर्ट

सारांश

  • काठमाडौं।
  • पेरि सेन्ट जर्मेनका फरवार्डहरु नेयमार र किलियन एम्बाप्पेका विषयमा क्लवहरुको चासो बढ्दै जाँदा यसले रियल मड्रिमा हाइअलर्टको स्थिति सृजना भएको छ ।
  • रियल मड्रिड यी दुवै खेलाडीलाई आफ्नो क्लवमा ल्याउन इच्छुक छ ।

काठमाडौं। पेरि सेन्ट जर्मेनका फरवार्डहरु नेयमार र किलियन एम्बाप्पेका विषयमा क्लवहरुको चासो बढ्दै जाँदा यसले रियल मड्रिमा हाइअलर्टको स्थिति सृजना भएको छ । रियल मड्रिड यी दुवै खेलाडीलाई आफ्नो क्लवमा ल्याउन इच्छुक छ । रियलले यो सिजन राम्रोसँग गुमाएको छ । त्यसैले उसले फ्यानको अपेक्षामा खरो उत्रिन र यसअघि क्रिस्टियानो रोनाल्डोले दिलाउँदै आएको सफलता पुनः हात पार्न चाहन्छ ।

एम्बाप्पेले मे महिनामा आफूले थप जिम्मेवारी चाहेको र त्यो पिएसजीमै वा अन्यत्र गएर खोज्ने बताउँदै आफूले पिएसजी छाड्ने संकेत गरेका थिए । अर्कोतर्फ रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेज हालै फिफाको अध्यक्ष को निर्वाचनका लागि गएका थिए । तर, विद्यमान परिस्थिति हेर्दा उनी पेरिस जानु त्यो कार्यक्रमको लागि मात्र थिएन । यी युवा विश्वकप विजेताले आफूलाई नेयमारबाट अलग्याउँदै लगेको देखिएको छ किनकि उनले पिएसजीमा आफू मुख्य खेलाडी भएको सुनिश्चित गर्नका लागि दबाब दिएका छन् ।

उता नेयमार हालै चोटका कारण कोपा अमेरिकाबाट बाहिरिएका छन् । पिएसजी नेयमारलाई अर्को सिजन क्लवमै राख्न चाहन्छ तर उनले भने पटक पटक अन्य क्लवमा जान सक्ने संकेत गरिरहेका छन् । यी खेलाडीको ट्रान्सफर निकै जटिल हुन सक्छ तर अझैसम्म उनीहरुका विषयमा ठोस फैसला नभएको र उनीहरु बाहिरिन सक्ने सम्भावना देखिएकोले रियलले यसलाई नजिकबाट नियालिरहेको छ । यी खेलाडी बाहिरिने संकेत पाउनासाथ उनीहरुमाथि आफ्नो दावी अगाडि बढाइहाल्ने रियलको दाउ छ ।

Virus-free. www.avast.com

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमालेबाट काठमाडौं मेयरमा स्थापित र उपमेयरमा डंगोलको उम्मेदवारी दर्ता
एमालेबाट काठमाडौं मेयरमा स्थापित र उपमेयरमा डंगोलको उम्मेदवारी दर्ता
अध्यक्षमा प्रचण्ड र अोलीको कुरा मिलेन, अब सरकार गठनपछि पार्टी एकता
अध्यक्षमा प्रचण्ड र अोलीको कुरा मिलेन, अब सरकार गठनपछि पार्टी एकता
अन्तत : रियलबाट रोनाल्डो बाहिरिएपछि नेइमार भित्रिने पक्कापक्की
अन्तत : रियलबाट रोनाल्डो बाहिरिएपछि नेइमार भित्रिने पक्कापक्की
मन्त्री हुँदा श्रमिकका गुनासो सुनेनन्, आफैं गुनासो गरेर बाहिरिए सूर्यमान
मन्त्री हुँदा श्रमिकका गुनासो सुनेनन्, आफैं गुनासो गरेर बाहिरिए सूर्यमान
स्थानीय निकायलाई बलियो बनाउन विकेन्द्रीकरण: पाकिस्तानी प्रधानमन्त्री
स्थानीय निकायलाई बलियो बनाउन विकेन्द्रीकरण: पाकिस्तानी प्रधानमन्त्री
सुनको मुल्यमा गिरावट, प्रतितोला १ लाख २ हजार ६ सय
सुनको मुल्यमा गिरावट, प्रतितोला १ लाख २ हजार ६ सय
एसिया कप छनाैट प्रतियाेगिताकाे मिति सार्वजनिक
एसिया कप छनाैट प्रतियाेगिताकाे मिति सार्वजनिक
प्रचण्ड सरकारको औचित्य सकियो :एमाले उपाध्यक्ष रावल
प्रचण्ड सरकारको औचित्य सकियो :एमाले उपाध्यक्ष रावल
चिनौं नयाँ सभामुख
चिनौं नयाँ सभामुख
काङ्ग्रेस केन्द्र्रीय कार्यसम्पादन समिति गठन गर्दै
काङ्ग्रेस केन्द्र्रीय कार्यसम्पादन समिति गठन गर्दै