‘कोरोना भए ममता बेनीर्जीलाई अंकमाल गर्छु’ भन्ने भाजपा नेतालाई कोरोना संक्रमण

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन १६, २०७७
|
|
२८ पटक हेरिएको
Shares
‘कोरोना भए ममता बेनीर्जीलाई अंकमाल गर्छु’ भन्ने भाजपा नेतालाई कोरोना संक्रमण

सारांश

  • एजेन्सी, १६ असोज ।
  • भारतीय जनता पार्टीका एकजना नेताले आफूलाई कोरोना भाइरसको संक्रमण भएमा पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बेनर्जीलाइ अंकमाल गर्छु भनेका थिए ।
  • यस्तो भन्ने ती नेता स्वयं कोरोना भाइरसको संक्रमित भएका छन् ।

एजेन्सी, १६ असोज । भारतीय जनता पार्टीका एकजना नेताले आफूलाई कोरोना भाइरसको संक्रमण भएमा पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बेनर्जीलाइ अंकमाल गर्छु भनेका थिए । यस्तो भन्ने ती नेता स्वयं कोरोना भाइरसको संक्रमित भएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार बङ्गालका भाजपा नेता अनुपम हजरालाई कोरोना संक्रमण भएको हो । उनी हालैमात्र भाजपाको राष्ट्रिय सचिव बनाइएका थिए ।
कोरोना संक्रमणपछि हजरा कलकत्तास्थित अस्पताल भर्ना भएका छन् ।

हजराले ममता बनर्जीले कोभिड १९ संक्रमित परिवारको पीडा नबुझेको भन्दै त्यस्तो प्रतिक्रिया दिएका हुन् । उनी विगतमा बेनर्जी नेतृत्वकै दल तृणामुल कँग्रेससँग आवद्ध थिए ।(तस्वीरः एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?