मतगणना गर्न एमालेको माग :भरतपुर
सारांश
- मतगणना गर्न एमालेको माग चितवन १५ जेठ ।
- नेकपा एमाले चितवनले रोकिएको मतगणना अघि बढाउन माग गरेको छ ।
- गएराती मतपत्र च्यातिएपछि अवरुद्ध मतगणना कार्य तत्काल सुचारु गर्न एमालेले आज पत्रकार सम्मेलन गरी माग गरेको छ ।
मतगणना गर्न एमालेको माग चितवन १५ जेठ । नेकपा एमाले चितवनले रोकिएको मतगणना अघि बढाउन माग गरेको छ । गएराती मतपत्र च्यातिएपछि अवरुद्ध मतगणना कार्य तत्काल सुचारु गर्न एमालेले आज पत्रकार सम्मेलन गरी माग गरेको छ । पत्रकार सम्मेलनमा जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेलले मतपत्र माओवादी केन्द्र नेतृत्वको निर्देशनमा उक्त पार्टीका द्रोर्णबाबु शिवाकोटी, मधु न्यौपाने र दिलिप पौडेलले च्यातेको आरोप लगाउनुभयो । सो क्रममा जारी गरिएको बिज्ञप्ति पराजय स्विकारर्न सकेको र मतपत्र च्यातिएको दाबि गरिएको छ । तत्काल घटनाको बारेमा सत्यतथ्य जानकारी मिडिया मार्फत् जानकारी दिन र च्यातिएका मतपत्र अलग राखी बाँकी मतपत्र गणना गर्न माग गरिएको छ । राती करिव पौने १२ बजे मतपत्र च्यातिएपछि यहाँ अहिले अनिश्चितकालका लागि मतगणना रोकिएको छ । माओवादी र एमालेले एक अर्कालाइृ दोषारोपण गरेका छन् ।
प्रतिक्रिया