६ दिनसम्मको रस्साकस्सीपछि युवासंघमा आयो यस्तो नयाँ नेतृत्व

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख ६, २०७५
|
|
२२ पटक हेरिएको
Shares
६ दिनसम्मको रस्साकस्सीपछि युवासंघमा आयो यस्तो नयाँ नेतृत्व

सारांश

  • काठमाडौं, ६ बैशाख ।
  • नेपाल कम्युनिष्ट पार्टी (एमाले) समर्थित युवा संघ नेपालले ६ दिनको रस्साकस्सीपछि नयाँ नेतृत्व पाएको छ ।
  • केन्द्रीय समिति बैठकबाट अध्यक्षमा रमेश पौडेल सर्वसम्मत चयन भएका छन् भने महासचिवमा नरेश शाही चयन भएका छन् ।

काठमाडौं, ६ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (एमाले) समर्थित युवा संघ नेपालले ६ दिनको रस्साकस्सीपछि नयाँ नेतृत्व पाएको छ । केन्द्रीय समिति बैठकबाट अध्यक्षमा रमेश पौडेल सर्वसम्मत चयन भएका छन् भने महासचिवमा नरेश शाही चयन भएका छन् ।

युवा संघ नेपालका अध्यक्ष राजीव पहारीले मंगलबार राजीनामा दिएका थिए । पहारीको राजीनामा आएपछि नयाँ नेतृत्व चयन गर्नका लागि बाटो खुलेको थियो । प्रदेश नं ४ मा प्रदेशसभा सदस्यमा विजयी भएपछि अध्यक्ष पहारीले राजीनामा दिएका हुन् ।

नवनिर्वाचित अध्यक्ष पौडेल यसअघि उपाध्यक्ष थिए भने शाही सचिव थिए । उपाध्यक्षमा ७ जना चय भएका छन् । जसमा किरण पौडेल, हस्त शाही, क्रान्ति बुर्लाकोटी, पर्शुराम बस्नेत, गोविन्द थापा, चन्द्र लामा र प्रभात कटुवाल रहेका छन् । यस्तै १३ जना सचिव चयन भएका छन् । जसमा बच्चन सिंह र माधव बास्तोला, दीपक जीएम, अन्जना अधिकारी, उर्मिला सुनुवार, राजु कार्की, पूर्ण लामा, सुरेन्द्रमान कार्की, धु्रव यादव, क्षितिज थेवे, राजेश शाह, सन्तोष रावल र हिमाल लिम्बु रहेका छन् ।

कोषाध्यक्षमा अमित लामा निर्वाचित भएका छन् । अनुशासन आयोगको अध्यक्षमा गजेन्द्र शाही, लेखा आयोगको अध्यक्षमा दामोदर दंगाल र केन्द्रीय कार्यालय विभाग प्रमुखमा सुमन पुरी चयन भएका छन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Shambhu Bijaya Regmi

    Badhai

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?