माओवादी हेडक्वार्टर बैठक बस्दै, यस्ता छन् एजेडा ?
सारांश
- काठमाडौं, माघ ३ ।
- माओवादी केन्द्रको केन्द्रीय सचिवालय बैठक (हेडक्वार्टर)पार्टी मुख्यालय पेरिसडाँडामा बुधबार बसेको छ ।
- प्रदेश सरकार गठनमा वाम गठबन्धनभित्रै भागबण्डा मिलाउन सकस भइरहेका बेला बैठक बस्न लागेको हो ।
काठमाडौं, माघ ३ । माओवादी केन्द्रको केन्द्रीय सचिवालय बैठक (हेडक्वार्टर)पार्टी मुख्यालय पेरिसडाँडामा बुधबार बसेको छ । प्रदेश सरकार गठनमा वाम गठबन्धनभित्रै भागबण्डा मिलाउन सकस भइरहेका बेला बैठक बस्न लागेको हो ।
बुधबारको बैठकमा प्रदेश सरकारमा हिस्सेदारी तथा राष्ट्रियसभा निर्वाचनलगायतका विषयमा छलफल हुनेछ । प्रदेश सरकारको गठन र प्रमुख पदहरुको भागबण्डाबारे नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच अझै समझदारी बन्न सकेको छैन ।
माओवादी केन्द्रले दुई मुख्यमन्त्रीसहित चार प्रदेशसभाका सभामुख आफूले पाउनुपर्ने प्रस्ताव अघि सारेको छ । तर त्यसका लागि एमाले तयार छैन ।
पार्टी एकताको स्वरुप र प्याकेजबारे पनि थप छलफल हुनेछ । राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार छनोटबारे पनि बैठकले टुंगो लगाउने बुझिएको छ ।
प्रतिक्रिया