कुमरीमा बन्यो सामुदायिक पुस्तकालय

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख २३, २०७५
|
|
३२ पटक हेरिएको
Shares
कुमरीमा बन्यो सामुदायिक पुस्तकालय

सारांश

  • रबिन शर्मा, नुवाकोट, २३ वैशाख- नुवाकोटको बेलकोटगढी कुमारीमा एक सामुदायिक पुस्तकालयको स्थापना गरिएको छ ।
  • नुवाकोटको नगरपालिका–२ कुमरीमा जनजागरण सामुदायिक पुस्तकालय स्रोत केन्द्रको उद्घाटन भएको हो ।
  • पुस्तकालयको नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले उद्घाटन गरेका हुन् ।

रबिन शर्मा, नुवाकोट, २३ वैशाख- नुवाकोटको बेलकोटगढी कुमारीमा एक सामुदायिक पुस्तकालयको स्थापना गरिएको छ । नुवाकोटको नगरपालिका–२ कुमरीमा जनजागरण सामुदायिक पुस्तकालय स्रोत केन्द्रको उद्घाटन भएको हो ।

पुस्तकालयको नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले उद्घाटन गरेका हुन् । सुविधा सम्पन्न बहुप्रकोप प्रतिरोधात्मक तथा अपाङ्मैत्री पुस्तकालय बनाइएको हो ।

जनजागरण सामुदायिक पुस्तकालय स्रोत केन्द्रका अध्यक्ष रामचन्द्र तिमल्सिनाले सबैको साथ र समर्थनमा भवन निर्माण गरिएको बताए । अपाङ्गतामैत्री विपद् जोखिम न्यूनिकरण परियोजना अन्तर्गत पुस्तकालय बनाइएको हो ।

साथै पुस्तकालय नेपालकै पहिलो बहुप्रकोप प्रतिरोधात्मक सामुदायिक पुस्तकालय भवन भएको रिड नेपालका परियोजना प्रबन्धक प्रकाशप्रसाद पोखरेलले जानकारी दिए । स्थानीय समुदाय र रिड नेपालको सहकार्य, एएसबी मार्फत जर्मन टेलिकम एडिएचको सहयोगमा भूकम्प प्रतिरोधात्मक दुई तल्ले पुस्तकालय भवन बनाइएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?