महायज्ञको दोस्रो दिन डेढ लाख वढी रकम संकलन
सारांश
- माधव बेल्वासे,चन्द्रौटा कपिलवस्तु, २३ वैशाख ।
- कपिलवस्तु को शिवपुरमा आयोजित शिवराज शिवपुर धार्मीक शैक्षिक महोत्सवको दोस्रो दिन डेढ लाख वढी दान संकलन भएको छ ।
- नमुना विद्यालय निमार्णको लागी अयोजित धार्मीक शैक्षिक महोत्सवमा दानवीर हरुको उल्लेखनीय सहभागीता रहेको छ ।
माधव बेल्वासे,चन्द्रौटा कपिलवस्तु, २३ वैशाख । कपिलवस्तु को शिवपुरमा आयोजित शिवराज शिवपुर धार्मीक शैक्षिक महोत्सवको दोस्रो दिन डेढ लाख वढी दान संकलन भएको छ ।
नमुना विद्यालय निमार्णको लागी अयोजित धार्मीक शैक्षिक महोत्सवमा दानवीर हरुको उल्लेखनीय सहभागीता रहेको छ ।महायज्ञको दोस्रो दिन १२ जना दानविर वाट १ लाख ५८ हजार४ सय ५ रुपैया रंकम संकलन भएको महायज्ञ मुल आयोजक समितिका कोषाध्यक्ष सिताराम चौधरीले जानकारी दिनुभएको छ ।
महोयज्ञमा दान संकलनको पहिलो दिन विद्यालयका शिक्षक र अभिभावकहरुले दान गरेको चौधरीले जनाउनुभयो । विद्यालयका प्रअ रामविलाश मण्डलले २१ हजार १ सय २१,शिक्षक सिताराम चौधरीले २१ हजार १ सय २१,शिक्षिका शान्ती जिसीले २१ हजार १ सय २१ दान गर्नुभएको छ । त्यस्तै विद्यालयकै शिक्षक सुरेश थारु,निर्मला जिसी,प्रेम कला जिसी,लक्ष्मण पाण्डेले प्रतिव्यक्ति ११ हजार १ सय २१ रकम दान गर्नुभएको छ ।त्यस्तै दुर्गा केसीले ११ हजार १ सय ११,ऋषिराम खनालले ११ हजार १ सय २१,विष्णु जिसीले ५ हजार १ सय ५,कृष्ण खनालले २ हजार १ सय रकम दान गर्नुभएको कोषाध्यक्ष चौधरीले वताउनुभयो ।
महायज्ञ मुल आयोजक समितिले सहयोग गर्ने दानविरहरुलाई धन्यवाद ज्ञापन गरेको छ । विद्यालयको आर्थिक अवस्था कमजोर हुदै गएकोले विद्यालयको शौक्षिक सुधारको लागी महायज्ञ आयोजना गरीएको हो ।सरस्वती आधारभुत विद्यालयको आयोजनामा रहेको उक्त महयज्ञ वैसाख २९ गतेसम्म चल्ने महायज्ञ आयोजक समितिले जनाएको छ ।
प्रतिक्रिया