मुख्यमन्त्रीका लागि उद्धव थापाको दाबी पेश

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १६, २०८०
|
|
४० पटक हेरिएको
Shares
  मुख्यमन्त्रीका लागि उद्धव थापाको दाबी पेश

सारांश

  • विराटनगर ।
  • कोशी प्रदेशका मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापाले आज दाबी पेश गरेका छन् ।
  • प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष आज अपराह्न ४ः४२ को समयमा सो दाबी पेश गरेका हुन् ।

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापाले आज दाबी पेश गरेका छन् ।

प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष आज अपराह्न ४ः४२ को समयमा सो दाबी पेश गरेका हुन् । मुख्यमन्त्री पदमा थापाका लागि नेपाली कांग्रेसका २९, नेकपा (माओवादी केन्द्र) का १३, नेकपा (एकीकृत समाजवादी) का चार र जनता समाजवादी पार्टी (जसपा) का एक जनाको समर्थनमा दाबी पेश भएको हो ।

त्रियानब्बे सदस्यीय कोशी प्रदेशसभामा मुख्यमन्त्री पदका लागि बहुमत जुटाउन न्यूनतम ४७ सदस्यको समर्थन आवश्यक पर्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?