पूर्वी पहाडी जिल्लामा विद्युत् अवरुद्ध

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २८, २०७५
|
|
४१ पटक हेरिएको
Shares
पूर्वी पहाडी जिल्लामा विद्युत् अवरुद्ध

सारांश

  • पशुपतिनगर, २८ भदौ ।
  • केन्द्रीय विद्युत् प्रसारण लाइनमा समस्या आएपछि पूर्वी पहाडी जिल्लामा २४ घण्टादेखि विद्युत् सेवा ठप्प भएको छ ।
  • नेपाल विद्युत् प्राधिकरणका दुई प्रसारण लाइनको तार चुँडिएपछि इलाम, पाँचथर र ताप्लेजुङमा विद्युत् सेवा ठप्प भएको हो ।

पशुपतिनगर, २८ भदौ । केन्द्रीय विद्युत् प्रसारण लाइनमा समस्या आएपछि पूर्वी पहाडी जिल्लामा २४ घण्टादेखि विद्युत् सेवा ठप्प भएको छ । नेपाल विद्युत् प्राधिकरणका दुई प्रसारण लाइनको तार चुँडिएपछि इलाम, पाँचथर र ताप्लेजुङमा विद्युत् सेवा ठप्प भएको हो ।इलामको रोङ गाउँपालिकास्थित किटेनीमा चार दिनअघि गएको पहिरोका कारण झापाको विर्तामोडदेखि ताप्लेजुङ जोड्ने ३३ केभीको विद्युतीय लाइनको चार पोलमा क्षति पुगेको थियो । यस्तै दमक नगरपालिकास्थित पाडाजुँडी–राजदूवाली १३२ केभी प्रसारण लाइनमा पनि समस्या आएपछि पूर्वी पहाडी क्षेत्रका तीन जिल्ला २४ घण्टादेखि अन्धकारमा छन् ।

विद्युत् अवरुद्ध भएपछि पूर्वी पहाडका ४० हजार भन्द बढी उपभोक्ताका साथै सयौँ उद्योग कलकारखाना ठप्प छन् । विद्युत् प्राधिकरणले १३२ केभी काबेली करिडोरबाट विद्युत् प्रवाह गरे पनि त्यो लाइनमा पनि हावाहुरीका कारण समस्या आएको नेपाल विद्युत् प्राधिकरण इलाम वितरण केन्द्रका प्रमुख रबिनबाबु घिमिरेले बताउनुभयो ।

उहाँका अनुसार बिर्तामोड–ताप्लेजुङ ३३ केभी विद्युत् प्रसारण लाइन सञ्चालनका लागि काम भइरहे पनि पहिरो गएको क्षेत्रमा पोल ठड्याउन समस्या भएकाले आज बेलुकीसम्ममा काम सक्ने योजना छ ।यस्तै अर्को विद्युत् प्रसारण लाइन काबेली करिडोरमा आएको समस्या अझै सुल्झन सकेको छैन । एकसय बत्तीस केभी काबेली प्रसारण लाइन सञ्चालनका लागि विद्युत् प्राधिकरणका प्राविधिक बिहानैदेखि खटिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजविराजको वडा नम्बर १५ मा मतदान चल्दै
राजविराजको वडा नम्बर १५ मा मतदान चल्दै
बिहेको आश्वासन दिएर प्रेमि र प्रमीको साथीद्वारा किशोरी बलात्कृत
बिहेको आश्वासन दिएर प्रेमि र प्रमीको साथीद्वारा किशोरी बलात्कृत
११३ अपराधमा संलग्न लेडी ग्याङ्स्टार ‘मम्मी’ पक्राउ !
११३ अपराधमा संलग्न लेडी ग्याङ्स्टार ‘मम्मी’ पक्राउ !
यी हुन् राष्ट्रियसभामा १२ जना महिला निर्विरोध निर्वाचित (नामावलीसहित)
यी हुन् राष्ट्रियसभामा १२ जना महिला निर्विरोध निर्वाचित (नामावलीसहित)
ज्येष्ठ नागरिकको सामाजिक सुरक्षामा ध्यान दिन राष्ट्रपतिको आग्रह !
ज्येष्ठ नागरिकको सामाजिक सुरक्षामा ध्यान दिन राष्ट्रपतिको आग्रह !
जनयुद्धले जुराएको जोडी बने गाउँपालिका प्रमुखमा उम्मेदवार
जनयुद्धले जुराएको जोडी बने गाउँपालिका प्रमुखमा उम्मेदवार
उब्जाउ भूमि मासेर क्रसर र बालुवा उद्योग सञ्चालन, किसान मर्कामा
उब्जाउ भूमि मासेर क्रसर र बालुवा उद्योग सञ्चालन, किसान मर्कामा
उत्कृष्ट बन्दै दुधकौशिका गाउँपालिका वडा नं.९ को ‘लोखिम एकता समूह’
उत्कृष्ट बन्दै दुधकौशिका गाउँपालिका वडा नं.९ को ‘लोखिम एकता समूह’
चुनाव अवलाेकनका लागि प्रमुख निर्वाचन आयुक्त मधेस झरे
चुनाव अवलाेकनका लागि प्रमुख निर्वाचन आयुक्त मधेस झरे
यी हुन् बेलामा काम नसक्ने ठेकेदार
यी हुन् बेलामा काम नसक्ने ठेकेदार