प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव फिर्ता !

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ १५, २०७४
|
|
२२ पटक हेरिएको
Shares
प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव फिर्ता !

सारांश

  • काठमाडौं, जेठ १५ – नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरुले संसदमा दर्ता गरेको प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव फिर्ता लिएका छन् ।
  • प्रस्ताव फिर्ता नलिएको भन्दै नेकपा एमालेले बजेट प्रस्तुत गर्ने संसद बैठक नै चल्न नदिने चेतावनी दिएपछि महाअभियोग प्रस्तावका प्रस्तावक कांग्रेसका मीन विश्वकर्मा र समर्थक माओवादीका टेकबहादुर बस्नेतले प्रस्ताव फिर्ता लिनका लागि सभामुख ओनसरी घर्तीसमक्ष निवेदन दिनुभएको छ ।
  • नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले व्यवस्थापिका संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव फिर्ता लिने भनेर सहमति गरेको भए पनि प्रस्ताव फिर्ता नगरी विश्वकर्मा र बस्नेतले प्रस्तावको कारवाही अघि नबढाउन आइतबार निवेदन दिनुभएको थियो ।

काठमाडौं, जेठ १५ – नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरुले संसदमा दर्ता गरेको प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव फिर्ता लिएका छन् । प्रस्ताव फिर्ता नलिएको भन्दै नेकपा एमालेले बजेट प्रस्तुत गर्ने संसद बैठक नै चल्न नदिने चेतावनी दिएपछि महाअभियोग प्रस्तावका प्रस्तावक कांग्रेसका मीन विश्वकर्मा र समर्थक माओवादीका टेकबहादुर बस्नेतले प्रस्ताव फिर्ता लिनका लागि सभामुख ओनसरी घर्तीसमक्ष निवेदन दिनुभएको छ ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले व्यवस्थापिका संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव फिर्ता लिने भनेर सहमति गरेको भए पनि प्रस्ताव फिर्ता नगरी विश्वकर्मा र बस्नेतले प्रस्तावको कारवाही अघि नबढाउन आइतबार निवेदन दिनुभएको थियो । तर त्यसमा चित्त नबुझाई एमालेले प्रस्ताव फिर्ता नै लिनु पर्ने अडान राखेपछि बजेट पेश गर्न १ घन्टा ढिलो भएको थियो । सत्तारुढ कांग्रेस र माओवादी केन्द्रका २ सय ४९ सांसदले वैशाख १७ गते प्रधानन्यायाधीश कार्कीविरुद्ध महाअभियोग दर्ता गरेका थिए । महाअभियोगविरुद्ध परेको रिटमा सुनुवाई गर्दै सर्वोच्चले नै प्रस्ताव अघि नबढाउन र कार्कीलाई काममा फर्किन अन्तरिम आदेश दिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोरङमा दसगजा मिचेर भारतीय सडक, स्थानीय आक्रोशित
मोरङमा दसगजा मिचेर भारतीय सडक, स्थानीय आक्रोशित
फेरि पनि सलमानको नेपाल भ्रमण स्थगित !
फेरि पनि सलमानको नेपाल भ्रमण स्थगित !
बिपीलाई गाईकै दुध चाहिने, भैंसीको नखाने
बिपीलाई गाईकै दुध चाहिने, भैंसीको नखाने
गौचनका हत्याराले निम्तायो प्रहरीभित्र यस्तो विवाद, दुई डीआईजीबीच पानी बाराबार
गौचनका हत्याराले निम्तायो प्रहरीभित्र यस्तो विवाद, दुई डीआईजीबीच पानी बाराबार
राजदूत नियुक्तिका लागि मापदण्ड, यस्ता छन् सरकारका निर्णय…
राजदूत नियुक्तिका लागि मापदण्ड, यस्ता छन् सरकारका निर्णय…
निर्मला पन्तको हत्यामा आधारित ‘कोपिला’को ट्रेलर सार्वजनिक
निर्मला पन्तको हत्यामा आधारित ‘कोपिला’को ट्रेलर सार्वजनिक
कात्तिक ४ गते सोमबारको राशिफल यस्तो छ
माअोवादीको टक्कर तोड्दै पुनर्वासमा एमालेको जित
माअोवादीको टक्कर तोड्दै पुनर्वासमा एमालेको जित
नेपालकै ठूलो सौर्य विद्युत् परियोजनाको काम द्रुतगतिमा
नेपालकै ठूलो सौर्य विद्युत् परियोजनाको काम द्रुतगतिमा
स्वास्थ्य सामाग्री खरिद सेनाले गर्दा छानविन हुँदैन भन्ने मानसिकता सरकार संचालकमा देखियो : वरिष्ठ नेता पौडेल
स्वास्थ्य सामाग्री खरिद सेनाले गर्दा छानविन हुँदैन भन्ने मानसिकता सरकार संचालकमा देखियो : वरिष्ठ नेता पौडेल

तपाईंले छुटाउनुभयो कि?