प्रदेश ४ को हिउँदे अधिबेसन अन्त्य, नीति तथा कार्यक्रम र बजेट पास

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख २५, २०७५
|
|
२३ पटक हेरिएको
Shares
प्रदेश ४ को हिउँदे अधिबेसन अन्त्य, नीति तथा कार्यक्रम र बजेट पास

सारांश

  • पोखरा, २५ वैशाख ।
  •   प्रदेश ४ को तीन महिना लामो हिउँदे अधिबेशन सोमबारदेखि सकिएको छ ।
  • स्थानीय तहको सभासञ्चालन सम्बन्धी कार्यविधि विधेयक पारित भएसँगै सभामुख नेत्रनाथ अधिकारीले हिउँदे अधिबेशन सकिएको जानकारी सभामा गराएको थिए ।

पोखरा, २५ वैशाख ।  प्रदेश ४ को तीन महिना लामो हिउँदे अधिबेशन सोमबारदेखि सकिएको छ । स्थानीय तहको सभासञ्चालन सम्बन्धी कार्यविधि विधेयक पारित भएसँगै सभामुख नेत्रनाथ अधिकारीले हिउँदे अधिबेशन सकिएको जानकारी सभामा गराएको थिए ।

सभामुख अधिकारीले मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख बाबुराम कुबँरले पठाएको पत्रपढेर अधिवेशन अन्त्यको घोषणा गरे । हिउँदे अधिवेशनमा ३६ वटा बैठकबाट ८ वटा विधेयक पारित गरेको छ ।

सभाले प्रदेशसभा नियमावली, आर्थिक कार्यविधि विधेयक, सभामुख÷उपसभामुख तथा प्रदेशसभा सदस्यहरुको पारिश्रमिक तथा सेवासुविधा, स्थानीय तहका पदाधिकारीहरुको पारिश्रमिक तथा सेवासुविधा, मुख्यमन्त्री तथा मन्त्रीहरुको पारिश्रमिक तथा सेवासुविधा, प्रदेशस्तरका केही सार्वजनिक लिखत प्रमाणीकरण सम्बन्धी व्यावस्था, स्थानीय तहको सभा सञ्चालन सम्बन्धी विधेयक पारित गरेको छ ।

माघ ७ गते प्रदेशसभा सदस्यकाे शपथ र २२ गतेदेखि अधिवेशन शुरु भएको थियो ।

प्रदेश ४ को सरकारले सोही अवधिमा नीति तथा कार्यक्रम र बजेट पास गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?