सिसापाङमामा नेपालको झण्डा फहराउँदा…

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २९, २०८१
|
|
३९ पटक हेरिएको
Shares
सिसापाङमामा नेपालको झण्डा फहराउँदा…

सारांश

  • काठमाडौं।
  • चीनको तिब्बतमा रहेको विश्वको १४औं अग्लो हिमाल सिसापाङमाकाे चुचुरोमा पहिला पुग्ने भन्ने देशीय प्रतिस्पर्धामा नेपालकी कीर्तिमानी पर्वतारोही दावा याङ्जुम शेर्पाले बाजी मारे।
  • उनले नेपालको राष्ट्रिय झण्डा चीनको सबैभन्दा अग्लो चुचुरोमा फहराए।
काठमाडौं। चीनको तिब्बतमा रहेको विश्वको १४औं अग्लो हिमाल सिसापाङमाकाे चुचुरोमा पहिला पुग्ने भन्ने देशीय प्रतिस्पर्धामा नेपालकी कीर्तिमानी पर्वतारोही दावा याङ्जुम शेर्पाले बाजी मारे।
उनले नेपालको राष्ट्रिय झण्डा चीनको सबैभन्दा अग्लो चुचुरोमा फहराए। “धेरै विदेशीलाई पछि पारेर पहिलो नेपाली महिलाको कीर्तिमान बनाउँदा एकदमै खुशी छु”, पर्वतारोही दावा याङ्जुम शेर्पाले भने, “चीन, रसिया, ताइवान, अमेरिका, बेलायतलगायतका धेरै आरोहीसँग प्रतिस्पर्धा गरेर महिला आरोहीले उनीहरुभन्दा चाँडो आफ्नो मुलुकको झण्डा फहराउन पाउँदा छुट्टै खुशी र गौरबको अनुभूति हुदो रहेछ।”
शेर्पाले आफ्नै प्रयासमा उक्त इतिहास रचेका हुन्। “जे जस्तो भएपनि चीनमा गएर देशको झण्डा फैलाउन  पाउँदा निकै खुशी लागेको छ”, उनले भने, “विदेश गएपछि मात्रै नेपालको महत्व थाहा हुन्छ। युरोप अमेरिकामा भन्दा सिशापाङमा आरोहण गरेर नेपालको झण्डा फहराउन पाउदाँ बढी भावनात्मक भइँदो रहेछ।”
अदम्य साहस र मेहनतले मानिसलाई सफलताको शिखर चढाउछ। शेर्पाको अनवरत प्रयासले सिशापाङको शिखर मात्रै पुर्‍याएन। एक पटक विश्वभरको ध्यान उनीतर्फ केन्द्रित भएको छ। करिब २० दिनको अथक संघर्षमय शिखर आरोहणले दावा याङ्जुम सिशापाङमाको सफल आरोहण गरेर विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालको सफल आरोहण गर्ने पहिलो नेपाली महिला बनेकी छन्।
दोलखाको रोल्वालिङकी ३३ वर्षीया दावाले यही असोज १६ गते बुधबार बिहान ५ बजे तिब्बतस्थित विश्वको १४ औं अग्लो (८०२७ मिटर) अग्लो सिसपाङमा हिमालको सफल आरोहण गरेर यो कीर्तिमान आफ्नो पोल्टामा पारेकी हुन्।
सर्वोच्च शिखर सगरमाथाको चार पटक सफल आरोहण गरिसकेकी दावाले नयाँ कीर्तिमान कायम गरेकी हुन् आरोही शेर्पाले अब पनि ‘क्लाइम्बिङ गाइड’लाई नै निरन्तरता दिने बताइन्। “जानेको यही क्षेत्र (माउन्टेन गाइड) नै हो, पहिलाभन्दा बढी अनुभव भएको छ, बाँकी जीवन यही क्षेत्रमै सक्रिय रहने योजना छ। भविष्यमा आफ्नो कामलाई अझ प्रभावकारी बनाउने योजना छ।”
     दावा याङ्जुम पछिल्लो समय पछाडि परेका महिलाहरुलाई पर्वतारोहण क्षेत्रमा तालिम दिलाउने, जलवायु परिवर्तनको असरले पुर्‍याएको क्षतिबारे विश्वभर नेपालको पक्षमा आवाज उठाउने लगायतका अभियानमा संलग्न छिन्। उनी सन् २०१८ देखि विश्वप्रसिद्ध क्लोदिङ ब्रान्ड नर्थफेस र २०२१ देखि रोल्याक्स घडी ब्रान्डको दूतका रुपमा पनि आबद्ध छिन्।
     विश्वका ८ हजार मिटर अग्ला १४ वटा हिमाल आरोहण गर्ने स्पेनकी एडुर्न पासावान विश्वकै पहिलो महिला हुन्। उनले १४ वर्षअघि यो रेकर्ड हात पारेकी थिइन्।
दावा याङजुम अन्तर्राष्ट्रिय माउन्टेन गाइडको लाइसेन्स प्राप्त गर्ने एसियाकै पहिलो महिलासमेत हुन्। हाल जम्मा ८१ जना माउन्टेन गाइडहरू रहेकोमा याङजुमबाहेक बाँकी सबै पुरुष गाइड रहेका छन्। नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शन संघले माउन्टेन गाइडलाई प्रमाणीकरण गर्दै आइरहेको छ। उनको नाममा मकालु हिमालमा २० घण्टामा स्पिड क्लाइम्बिङ (महिला) को र्कीतिमान पनि छ। दावा याङ्जुमले कुमार खड्ग विक्रम साहसिक पुरस्कार, तेन्जिङ हिलारी अवार्डलगायतका धेरै पुरस्कार पाइसकेकी छन्।
महिला आरोहणलाई प्रोत्साहन गर्न दावाको आरोहणले योगदान पुग्ने यस क्षेत्रका विज्ञहरुको विश्वास छ। नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाले कीर्तिमानी आरोही दावा याङजुमको सफलताले महिला पर्वतारोहीलाई प्रोत्साहन गर्ने बताइन्।
“पर्वतारोहणमा कायम भएका नयाँ कीर्तिमानले नेपालको पर्यटन विश्वबजारमा प्रवर्द्धनमा मद्दत पुग्नुका साथै बढीभन्दा बढी आरोहीलाई हिमाल आरोहणमा आकर्षण गर्न पनि प्रोत्साहन मिल्छ”, उनले भनिन्। सगरमाथा आरोही संघका अध्यक्ष माया शेर्पाले आरोहणको पछिल्लो कीर्तिमानले नेपाल गन्तव्यको प्रवद्र्धनका साथै आरोहीलाई थप आकर्षण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरिन्।
उनले भनिन्, “नेपाली आरोहीको विश्वकीर्तिमानले पर्वतारोहणमा सकारात्मक प्रभाव पर्छ, यसले गर्दा पर्वतारोहणमा आरोहीको चासो बढ्ने र हामीले पनि गर्न सकिने रहेछ भनेर मनोबल बढ्नेछ, नेपालको पर्यटन प्रवद्र्धनका साथै स्वदेश तथा विदेशमा आरोहणको चासो बढाउँछ। युवापुस्तालाई आरोहणमा आकर्षण गर्न पनि मद्दत पुग्नेछ।”
निमा रिञ्जी शेपाको नयाँ कीर्तिमान
कान्छा आरोही निमा रिञ्जी शेर्पाले हिमाल आरोहणमा नयाँ विश्व कीर्तिमान बनाएका छन्। १८ वर्षीय शेर्पाले आठ हजार मिटरभन्दा माथिका सबै हिमाल आरोहण गर्ने विश्वकै कान्छो आरोही बनेका छन्। शेर्पाले सिसापाङमा हिमालको सफल आरोहण गरेसँगै विश्वमै सबैभन्दा कान्छो आरोही बन्न सफल भएका हुन्। रिञ्जी शेर्पाले असोज १६ गते विहान  सिसापाङमा हिमालको सफल आरोहण गरेका थिए। शेर्पाले ‘ह्यासट्याग शेर्पा पावर’ प्रोजेक्ट परियोजनामार्फत आठ हजार मिटरमाथिका १४ वटा हिमाल चढ्ने परिकल्पना गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शीतल निवासमा भएको उच्चस्तरीय भेटघाटमा के के भयो ?
इद मनाउन आएकालाई प्रहरीले पक्राउ गरेपछि…
इद मनाउन आएकालाई प्रहरीले पक्राउ गरेपछि…
इसेवा मनि ट्रान्स्फरको ‘दशैँ तिहार भर सयको अफर’ योजना सार्बजनिक
इसेवा मनि ट्रान्स्फरको ‘दशैँ तिहार भर सयको अफर’ योजना सार्बजनिक
आफ्ना नेतामाथि आक्रमण गरेको भन्दै अब चूप लागेर नबस्ने एमाले अध्यक्षको चेतावनी
आफ्ना नेतामाथि आक्रमण गरेको भन्दै अब चूप लागेर नबस्ने एमाले अध्यक्षको चेतावनी
मै खाउँ, मै लाउँ कांग्रेसी लोकतन्त्रको चरित्र होः रविन्द्र अधिकारी
मै खाउँ, मै लाउँ कांग्रेसी लोकतन्त्रको चरित्र होः रविन्द्र अधिकारी
Приложение Мостбет в Казахстане Скачайте на Android & iOS и получите 140 000 KZ
वाग्मती सफाइमा विद्यालय र सामाजिक संस्था सहभागी गराइने
वाग्मती सफाइमा विद्यालय र सामाजिक संस्था सहभागी गराइने
कान्तिपुरका सम्पादक सुधीर शर्मा र दी काठमाडौं पोष्टका सम्पादक अखिलेशको राजीनामा
कान्तिपुरका सम्पादक सुधीर शर्मा र दी काठमाडौं पोष्टका सम्पादक अखिलेशको राजीनामा
सोमबार शिवको व्रत बस्ने प्रचलन यसरी सुरु भयो
सोमबार शिवको व्रत बस्ने प्रचलन यसरी सुरु भयो
बाजुराका १६ गाउँ पहिरोको उच्च जोखिममा
बाजुराका १६ गाउँ पहिरोको उच्च जोखिममा

तपाईंले छुटाउनुभयो कि?