दीपक मनाङेसँगै विप्लव कार्यकर्ता नेकपा प्रवेश गरे
सारांश
- गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) नेकपा प्रवेश गरेका छन् ।
- राजीवसँगै विप्लव समूहका कास्की सचिवालय सदस्य तथा माछापुच्छ्रे गाउँपालिका संयोजक पुष्प कार्की पनि नेकपा प्रवेश गरेका छन् ।
- उनीहरुलाई बिहीबार बिहान गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरूङले पार्टीमा स्वागत गरेका हुन् ।
गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) नेकपा प्रवेश गरेका छन् । राजीवसँगै विप्लव समूहका कास्की सचिवालय सदस्य तथा माछापुच्छ्रे गाउँपालिका संयोजक पुष्प कार्की पनि नेकपा प्रवेश गरेका छन् । उनीहरुलाई बिहीबार बिहान गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरूङले पार्टीमा स्वागत गरेका हुन् ।
मनाङ्गेलाई टीका लगाइदिएर र नेकपाको विधान पनि हस्तान्तरण गरेर गुरुङले पार्टीमा स्वागत गरे । मनाङबाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका उनी नेकपाकै सहयोगमा विजयी भएका थिए । तर फौजदारी मुद्दामा उच्च अदालत पाटनबाट दोषी ठहर भएपछि उनले सपथ लिन पाएका थिएनन् । उक्त मुद्दामा सर्वोच्चमा पुनरावेदन गरेका उनलाई सर्वोच्च अदालतले थुनामा नबसी मुद्दा लड्न सक्ने गरी बाटो खोेलिदिएको थियो । त्यसपछि मनाङेले प्रदेश सांसदको रुपमा सपथ लिएका थिए ।
प्रतिक्रिया