अन्नपूर्ण पदमार्गमा राेक, वैकल्पिक बाटाहरूबारे छलफल भइरहेकाे छ : सिडिअाे पाैडेल

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख २५, २०७५
|
|
२३ पटक हेरिएको
Shares
अन्नपूर्ण पदमार्गमा राेक, वैकल्पिक बाटाहरूबारे छलफल भइरहेकाे छ : सिडिअाे पाैडेल

सारांश

  • काठमाडाै, २५ वैशाख ।
  • मुस्ताङ प्रशासन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ भ्रमणको क्रममा अन्नपूर्ण क्षेत्रको पदयात्रामा रोकिने पदयात्रुलाइ वैकल्पिक मार्ग प्रयोग गर्न दिनेबारे सकारात्मक देखिएको छ।
  • भ्रमणको क्रममा पदयात्रामा गएका विदेशी पर्यटकहरुलाई रोक्दा विश्व बजारमा नराम्रो सन्देश प्रवाह हुने भन्दै सो निर्णयको आलोचना भएपछि प्रशासनले पदयात्रीको लागि ‘वैकल्पिक मार्ग’ प्रयोगको उपायबारे छलफल सुरू गरेको हो।

काठमाडाै, २५ वैशाख । मुस्ताङ प्रशासन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ भ्रमणको क्रममा अन्नपूर्ण क्षेत्रको पदयात्रामा रोकिने पदयात्रुलाइ वैकल्पिक मार्ग प्रयोग गर्न दिनेबारे सकारात्मक देखिएको छ।

भ्रमणको क्रममा पदयात्रामा गएका विदेशी पर्यटकहरुलाई रोक्दा विश्व बजारमा नराम्रो सन्देश प्रवाह हुने भन्दै सो निर्णयको आलोचना भएपछि प्रशासनले पदयात्रीको लागि ‘वैकल्पिक मार्ग’ प्रयोगको उपायबारे छलफल सुरू गरेको हो। ‘हामीले पदयात्रीको लागि वैकल्पिक मार्ग प्रयोग गर्नेबारे छलफल गरिरहेका छौुं, मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले टेलिफोनमा‘यो विषयमा छिटै निर्णय हुन्छ।’

पदयात्रीको लागि वैकल्पिक मार्ग प्रयोग गर्न दिइए पनि मुक्तिनाथ दर्शनमा रोक लगाउने निर्णय यथावत रहने उनले बताए।

यसअघि जिल्ला प्रशासन कार्यालय मुस्ताङले मोदीको भ्रमणलाई लक्षित गरी वैशाख २८ र २९ गते मनाङ जिल्लाबाट थोराङ्ला पास हुँदै मुस्ताङ आउन तथा बेनी जोमसोमहुँदै मुक्तिनाथ दर्शनमा रोक लगाउने निर्णय गरेको थियो नेपालखवर मा लेखेकाे छ। अन्नपूर्ण पदयात्रा मार्गमा मनाङको खङ्सार हुँदै श्रीखर्क, तिलिचो बेसक्याम्प, तिलिचो ताल, मिसिकाम्तो पास हुँदै याकखर्क हुँदै मुस्ताङको ठिनी झर्ने वैकल्पिक मार्ग रहेको छ। ठिनी मुक्तिनाथको पारिपट्टीको गाउँ हो।

अन्नपूर्ण क्षेत्रको पदयात्राको प्रवेश मार्ग लमजुङ हो। थोरङ्ला पासपछि लामो ओरालो झर्नु पर्ने तथा मुस्ताङतिरबाट यात्रामा निस्कँदा एकाएक उकालो लाग्नु पर्ने भएकोले यात्रीहरु मनाङ हुँदै मुस्ताङ जाने गर्छन्। ट्रेकिंग एजेन्सिज एसोसियन अफ नेपाल (टान) पश्चिमाञ्चलका अध्यक्ष दीपक अधिकारीका अनुसार तिलिचो जाने पर्यटकहरुले यो पदमार्ग प्रयोग गर्दै आएका छन्। अन्नपूर्ण क्षेत्रमा तेरिला पास भन्ने अर्को वैकल्पिक पदमार्ग भए पनि त्यो बाटो असजिलो भएको उनले बताए।

‘अन्नपूर्ण पदयात्रा मार्गमा सुरक्षाकै लागि भनेर यति साह्रो कडाई गर्नुपर्ने थिएन’, उनले भने, ‘पदयात्रा भनेको घरबाट फुत्त निस्केर हिँड्ने होइन, ८/१० वर्ष अगाडिदेखि योजना बनाएर बल्ल यता (नेपाल) आउनेहरुलाई यो निर्णयले असर गरेको छ, वैकल्पिक मार्गबाट हिँड्न दिए हामीले पर्यटकहरुलाई रोक्नु पर्ने थिएन।’

पर्यटकहरुलाई ४ हजार मिटरको उचाईमा दुई दिन रोक्दा स्वास्थ्यको हिसाबले पनि खतरा हुने उनले बताए। उनका अनुसार यतिबेला दैनिक ७० जनाको हाराहारीमा पर्यटकहरु अन्नपूर्ण पदयात्रामा निस्कने गरेका छन्।

सुरक्षाको व्यवस्था चुस्त

भारतीय प्रधानमन्त्री मोदीको भ्रमणलाई व्यवस्थित बनाउन कुनै कसर बाँकी नराखिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले जनाएका छन्। ‘हामीले सुरक्षाको सबै व्यवस्था गरेका छौँ’, उनले भने, ‘हामी स्वागतको लागि तम्तयार छौँ।’ उनका अनुसार नेपाल र भरतका सुरक्षाकर्मीहरुको एक टोली मुस्ताङको सुरक्षास्थिति र तयारीबारे जानकारी लिएर फर्केको छ भने करिब ८ वटा गाडीमा भारतीयहरु मंगलबार मुस्ताङ पुग्दैछन्।

मोदी भ्रमणको सिलसिलामा मुस्ताङतर्फ आउन लागेको टोलीमा सुरक्षाकर्मी वा सञ्चारकर्मी हुनसक्ने उनले अनुमान लगाए। ‘उहाँहरु आउँदै हुनुहुन्छ, आएपछि सबै कुरा थाहा होला’, उनले भने,‘हामी यहाँको व्यवस्थापनमै व्यस्त छौँ।’

यता मुस्ताङबाट प्रदेश नम्बर ४ को सभासद बनेका महेन्द्रबहादुर थकालीले पनि भारतीय प्रधानमन्त्री मोदीको जनस्तरमा स्वागत गरिने तयारी भएको जानकारी दिए। उनका अनुसार मुस्ताङमा मोदीको नागरिक अभिनन्दन भने गरिनेछैन। ‘जनप्रतिनिधीहरुको टोलीले उहाँ (मोदी) को स्वागत गर्ने कार्यक्रम छ’, उनले भने,‘हामी यो विषयमा केन्द्रसँग सहकार्य गर्न लागेका छौँ।’

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी २ दिने राजकीय भ्रमणमा शुक्रबार नेपाल आइपुग्दैछन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?