प्रधानमन्त्री ओलीद्वारा पूर्व प्रधानमन्त्रीहरुसामु बस्ती हस्तान्तरणको प्रस्ताव

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख २५, २०७५
|
|
२९ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीद्वारा पूर्व प्रधानमन्त्रीहरुसामु बस्ती हस्तान्तरणको प्रस्ताव

सारांश

  • काठमाडौं २५ बैशाख ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्रीहरुसँग सरकारको नीति तथा कार्यक्रमका बिषयमा आज छलफल गरेका छन् ।
  • बिहान बालुवाटारमा आयोजित छलफलमा अव्यस्थित बसोबासलाई कसरी व्यबस्थित गर्ने भन्ने बारेमा छलफल भएको थियो ।

काठमाडौं २५ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्रीहरुसँग सरकारको नीति तथा कार्यक्रमका बिषयमा आज छलफल गरेका छन् ।

बिहान बालुवाटारमा आयोजित छलफलमा अव्यस्थित बसोबासलाई कसरी व्यबस्थित गर्ने भन्ने बारेमा छलफल भएको थियो । प्रधानमन्त्री ओलीले अव्यबस्थित बसोबास विकासको बाधक भएकोले त्यसलाई व्यबस्थित गर्न बस्तीहरु हस्तान्तरण गर्नुपर्ने प्रस्ताव गरेका थिए ।

प्रधानमन्त्री ओलीले भूउपयोगसम्बन्धी नीति पनि बनाउनुपर्ने पूर्व प्रधानमन्त्रीहरुले सुझाव दिएका थिए । बैठकमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पुष्पकमल दाहाल, शेरबहादुर देउवा, बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्द र मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीको सहभागिता थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?