सुपर ओभरमा जितपछि मुम्बई प्लेअफमा
सारांश
- काठमाडौं ।
- सुपर ओभरमा जितेपछि मुम्बई इण्डियन्स आईपीएल १२ को प्लेअफमा प्रवेश गरेको छ ।
- सनराईजर्स हैदरावादले पहिला ब्याटिंग गर्दै ८ रन बनाएपछि ९ रनको लक्ष्य पाएको मुम्बईले ३ बलमा ९ रन बनाएर सुपर ओभरमा जित हात पार्यो ।
काठमाडौं । सुपर ओभरमा जितेपछि मुम्बई इण्डियन्स आईपीएल १२ को प्लेअफमा प्रवेश गरेको छ । सनराईजर्स हैदरावादले पहिला ब्याटिंग गर्दै ८ रन बनाएपछि ९ रनको लक्ष्य पाएको मुम्बईले ३ बलमा ९ रन बनाएर सुपर ओभरमा जित हात पार्यो ।
जितसँगै मुम्बई १६ अंकका साथ प्लेअफमा प्रवेश गर्ने तेस्रो टिम भएको छ । मुम्बईसँगै दिल्ली क्यापिटल्स र चेन्नई सुपर किंग्स प्लेअफमा पुगेका छन् । हारपछि हैदरावादको प्लेअफ सम्भावना न्यून भएको छ । यसअघि १६३ रनको लक्ष्य पाएको हैदरावादले अन्तिम बलमा छक्का प्रहार गर्दै खेललाई सुपर ओभरमा पुर्याएको थियो । मनीष पाण्डेले अन्तिम बलमा छक्का प्रहार गरेपछि मुम्बई इण्डियन्स र सन राईजर्स हैदरावादबीचको खेल सुपर ओभरमा गएको छ ।
१६३ रनको लक्ष्य पाएको हैदरावादले अन्तिम बलमा पाण्डेको छक्कामा स्कोर बराबरी गरेपछि जारी आईपीएलको दोस्रो सुपर ओभर खेल भएको हो । पहिलो सुपरओभर दिल्ली क्यापिटल्स र कोलकाता नाइट राईडर्सबीच भएको थियो । जसमा दिल्ली विजयी भएको थियो । हैदरावादका लागि अन्तिम ओभरमा जितका लागि १६ रन आवश्य थियो । हार्दिक पंड्याको पहिलो बलमा मोहम्द नबीले छक्का एक रन बनाए । दोस्रो बलमा मनीष पाण्डेले पनि १ रन बनाए । तर, तेस्रो बलमा नबीले छक्का प्रहार गरेपछि खेल रोमाञ्चक बन्यो । चौथो बलमा नबी आउट भए । पाँचौ बलमा मनीष पाण्डेले दुई रन बनाए । अब एक बलमा जितका लागि ७ रन आवश्यक थियो । पाण्डेले अन्तिम बलमा छक्का प्रहार गर्दै खेल सुपर ओभरमा पुर्याए । पाण्डेले नटआउट ७१ रन बनाए
प्रतिक्रिया