निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाइने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ५, २०८०
|
|
४५ पटक हेरिएको
Shares
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाइने

सारांश

  • काठमाडौँ ।
  • सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बारामा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाउने भएको छ ।
  • राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा निजगढ विमानस्थल बनाउने घोषण गरिएको हो ।

काठमाडौँ । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बारामा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाउने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा निजगढ विमानस्थल बनाउने घोषण गरिएको हो ।

विगत २९ वर्षदेखि चर्चामा रहेको यो विमानस्थल निर्माणको प्रक्रिया सुरु भए पनि वातावरणीय विषयलाई लिएर निर्माण प्रक्रियाले गति लिनसकेको छैन । सरकारले निजगढ विमानस्थललाई प्राथमिकतामा राखेको छ ।

करिब एक हजार नौ सय हेक्टर क्षेत्रफलमा विमानस्थल बनाउने योजना छ । कुल तीन हजार छ सय मिटर लामो र ६० मिटर फराकिलो धावनमार्ग हुने विमानस्थल निर्माणपछि वर्षमा छ करोड यात्रुको चाप थेग्ने अनुमान गरिएको छ । निजगढ विमानस्थल निर्माणका लागि पहिलो चरणमा अनुमानित रु एक खर्ब २० अर्ब लाग्ने जनाइएको छ ।

प्रादेशिक विमानस्थलको अध्ययन गरी निर्माणकार्य अगाडि बढाउने नीति तथा कार्यक्रममा उल्लेख छ । त्यसैगरी हवाई सेवालाई सुरक्षित बनाउन सुरक्षा मापदण्ड कडाइका साथ लागू गरिनुका साथै आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलका टर्मिनल भवनको स्तरोन्नति गर्ने जनाइएको छ । निर्माण सम्पन्न भएका विमानस्थललाई पूर्ण क्षमतामा उपयोगमा ल्याइनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धनकुटामा दुर्घटनामा एकको मृत्यु
धनकुटामा दुर्घटनामा एकको मृत्यु
केपी ओली ५ वर्ष प्रधानमन्त्री हुने भन्दै माधव नेपालले गरे बालुवाटार जग्गा प्रकरणको डरलाग्दो घोषणा
केपी ओली ५ वर्ष प्रधानमन्त्री हुने भन्दै माधव नेपालले गरे बालुवाटार जग्गा प्रकरणको डरलाग्दो घोषणा
सरकारले अहिले सुति बसेको प्रतिपक्षी दललाई व्युँझाउने काम गरेको छ : चन्द्र भण्डारी
सरकारले अहिले सुति बसेको प्रतिपक्षी दललाई व्युँझाउने काम गरेको छ : चन्द्र भण्डारी
सुरु हुनेभो पोखराको मतगणना, विवादित स्वस्तिक छापको मुचुल्का देखाउने सहमति
सुरु हुनेभो पोखराको मतगणना, विवादित स्वस्तिक छापको मुचुल्का देखाउने सहमति
एमालेले आफ्नो सदस्य संख्या दोब्बर बनाएको घोषणा
एमालेले आफ्नो सदस्य संख्या दोब्बर बनाएको घोषणा
भिरकोटको माँझकुलो बनेपछि स्थानीय खुसी
भिरकोटको माँझकुलो बनेपछि स्थानीय खुसी
बङ्गलादेशमा छ महिनामा ११ अर्ब डलर विप्रेषण भित्रियो
बङ्गलादेशमा छ महिनामा ११ अर्ब डलर विप्रेषण भित्रियो
सांसदले सुनाए : दलित भएकै कारण काठमाडौँमा डेरा नपाएको दुःखद् कथा
सांसदले सुनाए : दलित भएकै कारण काठमाडौँमा डेरा नपाएको दुःखद् कथा
यस वर्षको मनसुन केही दिनभित्रै प्रवेश गर्दै, कति होला वर्षा ?
यस वर्षको मनसुन केही दिनभित्रै प्रवेश गर्दै, कति होला वर्षा ?
सभामुख निर्वाचन आज, सापकाेटा निर्विराेध हुने पक्का
सभामुख निर्वाचन आज, सापकाेटा निर्विराेध हुने पक्का