सरकारसँग वार्ता गर्न राप्रपाद्वारा वार्ता टोली गठन
सारांश
- काठमाडौं।
- सरकारले वार्ताका लागि बोलाएपछि राप्रपाले वार्ता टोली गठन गरेको छ।
- राप्रपाले वरिष्ठ नेता दीपक बोहोराको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको हो।
काठमाडौं। सरकारले वार्ताका लागि बोलाएपछि राप्रपाले वार्ता टोली गठन गरेको छ। राप्रपाले वरिष्ठ नेता दीपक बोहोराको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको हो। वार्ता टोलीमा महामन्त्री राजेन्द्र लिङदेन र नेता निरञ्जन थापा सदस्य रहेका छन्।
राप्रपाले फागुन सात गते सरकारलाई बुझाएको २२ बुँदे मागका सम्बन्धमा वार्ता गर्न भन्दै आतबार कानुनमन्त्री भानुभक्त ढकालले सकारकातर्फबाट पत्र लेखी मंगलबार वार्ताकालागि बोलाएका थिए। सरकारले वार्ताकालागि बोलाएपछि त्यसलाई राप्रपाले सकारात्मक रुपमा लिँदै वार्ता टोली गठन गरेको राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया