भरतपुरमा मतपत्र च्यात्नेलाई १ लाखसम्म जरिवाना र २ वर्षसम्मको कैद हुन सक्ने
सारांश
- काठमाडौं, जेठ १६ – चितवनको भरतपुर महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको बेला नेकपा माओवादी केन्द्रका दुई जना प्रतिनिधिले मतपत्र च्यातेपछि मतगणना रोकिएको छ ।
- निर्वाचन आयोगले यसबारेमा छानविन गर्न भन्दै बुधबारसम्मका लागि मतगणना रोकेको छ ।
- वडा नम्बर १९ को मतगणना भइरहेका बेला मतपत्र च्यात्ने माओवादी प्रतिनिधि मधु न्यौपाने र द्रोण शिवाकोटीलाई प्रहरीले पक्रेको छ ।
काठमाडौं, जेठ १६ – चितवनको भरतपुर महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको बेला नेकपा माओवादी केन्द्रका दुई जना प्रतिनिधिले मतपत्र च्यातेपछि मतगणना रोकिएको छ । निर्वाचन आयोगले यसबारेमा छानविन गर्न भन्दै बुधबारसम्मका लागि मतगणना रोकेको छ ।
वडा नम्बर १९ को मतगणना भइरहेका बेला मतपत्र च्यात्ने माओवादी प्रतिनिधि मधु न्यौपाने र द्रोण शिवाकोटीलाई प्रहरीले पक्रेको छ ।
निर्वाचन कसुर तथा सजाय ऐन २०७३ अनुसार उनीहरुलाई १ लाख रुपैयाँसम्म जरिवाना र २ वर्षसम्मको कैद सजाय हुन सक्ने देखिएको छ । उनीहरुलाई यहि ऐन अनुसार मुद्दा दर्ता गर्ने तयारी चितवन प्रहरीले गरिरहेको छ । सोमबार गणतन्त्र दिवसको अवसरमा सार्वजनिक बिदा भएका कारण मुद्दा दर्ता गर्न नसकिएको र मंगलबार दर्ता गरिने प्रहरीले स्पष्ट पारेको छ ।
ऐनको दफा ४ को उपदफा १ मा कसैले पनि निर्वाचनमा प्रयोग गरिने वा प्रयोग गरिएको मतपत्र, मतपेटिका वा अन्य सामग्री खोस्न, लुट्न, चोर्न, कब्जामा लिन, खोल्न, नष्ट गर्न वा निर्वाचनमा प्रयोग हुन नदिन कुनै किसिमले रोकावट वा हस्तक्षेप गर्न वा गराउन हुँदैन भनिएको छ ।
यति कसैले यो उपदफा विपरितको काम गरेमा त्यस्तो व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुनेछ भनेर उपदफा ५ मा लेखिएको छ । ऐन अनुसार उनीहरुलाई अधिकतम सजाय भएमा १ लाख रुपैयाँ जरिवाना र २ वर्षको जेल सजाय हुने हो । तर अदालतले उनीहरुको कसुर हेरेर यो भन्दा कम सजाय पनि तोक्न सक्ने छ ।
भरतपुरका वडा नम्बर १९ मा २८ सय ६० मत खसेकोमा १८ सय ९ मत गनेर सक्दा मेयरमा एमालेका देवी ज्ञवाली, नेकपा माओवादी केन्द्रकी रेणु दाहाल भन्दा समग्रमा ७ सय ३३ मतले अघि हुनुहुन्छ र अब १९ नम्बर वडाका बाँकी र २० नम्बर वडाको पूरै मतगणना हुन बाँकी छ ।
होला त कारवाही ?
मतपत्र च्यातिए लगत्तै नेपाली कांग्रेस र नेकपा माओवादीले १९ नम्बर वडामा फेरि मतदान गर्न माग गरेका छन् । तर नेकपा एमालेले भने रोकिएको ठाउँबाट मतगणना सुरु गर्न माग गर्दै भरतपुरमा प्रदर्शनसमेत गरेको छ ।
नेकपा एमालेले मात्र होइन, सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसलेसमेत मतपत्र च्यात्नेलाई कारवाही गर्न माग गरेका छन् । ऐन अनुसार उनीहरुलाई १ लाख रुपैयाँ जरिवाना र २ वर्षको जेल सजाय हुने भए पनि उनीहरुले त्यो सजाय पाउनेमा आशंका छ ।
उनीहरु सत्तारुढ दल नेकपा माओवादीका कार्यकर्ता हुन् । राजनीतिक घटना भन्दै कैलालीको टिकापुरमा ८ जना प्रहरी र नाबालकको हत्या आरोपीकोसमेत मुद्दा फिर्ता लिन पछि नपर्ने सत्तारुढ दल नेकपा माओवादी र नेपाली कांग्रेसले उनीहरुलाई कारवाही हुन देलान् भन्नेमा शंका नै छ ।
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मतपत्र च्यातिए लगत्तै ऐनमा भएको कमजोरीको फाइदा उठाएर फेरि चुनावको माग गर्नु र मतपत्र च्यात्नुमा माओवादी कार्यकर्ताकै संलन्ता रहनुले यो सत्तारुढ दलकै योजनामा भएको आशंकासमेत उब्जिएको छ ।
Hem Shrestha
matra 2 barsa jel 10 barsa jel halnu parxa …sale goruharulae
Manoj Kafle
Matpatra chyaater Re chunaab hune bhay, Haarney jati paarty sab le chyaate hunchha??