प्रधानमन्त्री ओली डिस्चार्ज हुनुपहिले सचिवालय बैठक डाक्न प्रचण्डलाई दबाब

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २७, २०७६
|
|
२९ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओली डिस्चार्ज हुनुपहिले सचिवालय बैठक डाक्न प्रचण्डलाई दबाब

सारांश

  • काठमाडौं, २७ फागुन ।
  • प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली आज वा भोलिभित्रै अस्पतालबाट डिस्चार्ज हुँदैछन् ।
  • अस्पताल स्रोतले दिएको जानकारीअनुसार ओलीको डिस्चार्जको तयारी भैरहेको छ ।

काठमाडौं, २७ फागुन । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली आज वा भोलिभित्रै अस्पतालबाट डिस्चार्ज हुँदैछन् । अस्पताल स्रोतले दिएको जानकारीअनुसार ओलीको डिस्चार्जको तयारी भैरहेको छ ।

दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएका ओलीको स्वास्थयमा क्रमिक सुधार भैरहेको छ । हिँडडुल गर्ने, व्यायाम गर्ने कार्यलाई प्रधानमन्त्री ओलीले निरन्तरता दिएका छन् ।

नेकपानिकट उच्च स्रोतले दिएको जानकारीअनुसार अर्का अध्यक्ष पुष्पकमल दाहाललाई सचिवालय बैठक डाक्न दबाब परेको छ । प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज हुनुभन्दा पहिले नै दाहाललाई सचिवालय बैठक डाक्न दबाब परेको छ ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको जानकारीअनुसार पार्टी एकताको बाँकी कार्यभार पूरा गराउनको लागि सचिवालय बैठक डाक्न दबाब परेको छ । दाहालले पनि आजै सचिवालय सदस्यहरुसँग छलफल गरेर बैठक डाक्ने तयारी गरेका छन् ।

(https://www.newsoftwares.net/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?