सन्दिपको आइपिएल डेब्यू, १ विकेट २५ रन !

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ३०, २०७५
|
|
२७ पटक हेरिएको
Shares
सन्दिपको आइपिएल डेब्यू, १ विकेट २५ रन  !

सारांश

  • आइपिएलको डेब्यू खेलमा सन्दिप लामिछानेले ४ ओभर बलिङ गर्दै २५ रन खर्चिएर १ विकेट लिएका छन्।
  • शनिबार राति दिल्लीको फिरोज शाह कोटला मैदानमा रोयल च्यालेन्जर्स बैंलोरविरूद्ध बलिङ गरेका लामिछानेले सबैभन्दा कम इकोनोमी ओभर बलिङ गरेका हुन्।
  • सन्दीपले पार्थिव पटेलको विकेट लिँदै‌ ऐतिहासिक सफलता हात पारेका हुन्।

आइपिएलको डेब्यू खेलमा सन्दिप लामिछानेले ४ ओभर बलिङ गर्दै २५ रन खर्चिएर १ विकेट लिएका छन्।

शनिबार राति दिल्लीको फिरोज शाह कोटला मैदानमा रोयल च्यालेन्जर्स बैंलोरविरूद्ध बलिङ गरेका लामिछानेले सबैभन्दा कम इकोनोमी ओभर बलिङ गरेका हुन्।

सन्दीपले पार्थिव पटेलको विकेट लिँदै‌ ऐतिहासिक सफलता हात पारेका हुन्।

दोस्रो ओभरको चौथो बलमा उनले पार्थिवलाई एलबिडब्लुको धरापमा पारे। यसअघि उनले विराट कोहलीलार्इ सुरूवाती दुर्इ बल गरेका थिए। पहिलो बल विराटले डट खेलेका थिए। दोस्रो बलमा विराटले एक रन लिए। तेस्रो बलमा पार्थिवले चौका प्रहार गरे भने चौथो बलमा सन्दीपले उनलार्इ एलबिडब्लु आउट गरे। पाँचौ र छैठौ बल लगातार डट फालेका थिए।

नेपालबाट पहिलोपटक आइपीएल खेलिरहेका १८ वर्षे सन्दीपले यसअघि पहिलो ओभर बलिङमा ६ रन खर्चिएका थिए।

पहिलो ४ बलमा २ रन मात्रै दिएका सन्दीपको पाँचौं बलमा बैग्लोरले बाइ मार्फत ४ रन बटुलेको थियो। छैठौं बल पनि सन्दिपले डट फालेका थिए।

आफ्नो तेस्रो ओभरमा सन्दीपले ९ रन मात्रै खर्चिए। विराट कोहलीले उनको तेस्रो ओभरको पहिलो बलमा चौका प्रहार गरेका थिए।

दोस्रो बलमा विराटले कुनै रन लिन सकेनन् भने तेस्रो बलमा एक रन लिँदै एबी डिभिलियर्सलार्इ स्ट्राइकमा ल्याए। चौथो बलमा डिभिलियर्स, पाँचौं बलमा कोहली र अन्तिम बलमा डिभिलियर्सले एक-एक रन मात्रै लिन सके।

यस्तै आफ्नो चौथो ओभरमा लामिछानेले एक छक्कासहित १० रन खर्चिए।

पहिलो बलमा डिभिलियर्सले एक रन लिए भने दोस्रो बलमा कोहलीले पनि एक रन मात्र लिन सके। तेस्रो बलमा डिभिलियर्सले फेरि एक रन लिए भने चौथो बलमा पनि कोहलीले एक रन लिएर स्टाइक परिवर्तन गरे। पाँचौ बलमा पहिलो छक्का दिएका लामिछानेले छैठै बलमा डिभिलियर्सले कुनै रन लिन सकेनन्।

टस हारेर ब्याटिङको निम्तो पाएको दिल्ली डेयरडेभिल्सले रोयल च्यालेन्जर्स बैंग्लोरलार्इ १ सय ८२ रनको लक्ष्य दिएको छ। दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८१ रन जोडेको हो।

उसका ऋशब पन्तले ६१ रनको उत्कृष्ट इनिङ खेल्दै दिल्लीलार्इ मध्यम स्कोरमा पुर्‍याएका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?