रोल्पा सेवा समाजको नयाँ कार्यसमिति चयन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ११, २०७५
|
|
२१ पटक हेरिएको
Shares
रोल्पा सेवा समाजको नयाँ कार्यसमिति चयन

सारांश

  • उमेश बन्जाडे,  क्वालालम्पुर,११ मङ्सिर ।
  • अन्तर्राष्ट्रिय रोल्पा सेवा समाज मलेसियाले  जोहोरबारु राज्यमा नयाँ कार्यसमिति चयन गरेको छ।
  • आफ्नो सेवामुखी कार्यलाई थप प्रभावकारी बनाउने उदेश्यका साथ एक कार्यक्रमको आयोजनागरि नयाँ क्षेत्रीय कार्यसमिति चयन गरिएको हो।

उमेश बन्जाडे,  क्वालालम्पुर,११ मङ्सिर । अन्तर्राष्ट्रिय रोल्पा सेवा समाज मलेसियाले  जोहोरबारु राज्यमा नयाँ कार्यसमिति चयन गरेको छ। आफ्नो सेवामुखी कार्यलाई थप प्रभावकारी बनाउने उदेश्यका साथ एक कार्यक्रमको आयोजनागरि नयाँ क्षेत्रीय कार्यसमिति चयन गरिएको हो।समाजका मलेसिया शाखा अध्यक्ष राजकुमार बुढा मगर ‘शुगम’ को अध्यक्षता एवं केन्द्रिय उपाध्यक्ष टोपबहादुर पुन मगरको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले सदस्य संख्या पछि थप गर्नेगरी टिकाराम पुनको अध्यक्षतामा आठ सदस्य क्षेत्रीय कार्यसमिति चयन गरेको छ।

जसको उपाध्यक्षमा पदम के सी, सचीवमा शान्ति रावल र कोषाध्यक्षमा तिर्थ महर रहनु भएको छ। त्यसैगरी सदस्यहरुमा शुब बहादुर बुढामगर, कर्मराज घर्ति मगर, अर्जुन कुमार बुढामगर र प्रेम जि सी रहनु भएको छ भने, तेजकुमार बुढामगर र पार्वती बुढामगर सल्लाहकारमा चयन हुनुभएको छ। भेलाले मलेसिया शाखाका संस्थापक एवं पुर्व अध्यक्ष मोहनसिंह घर्तिमगरको केही दिन पहिले भएको असामयिक निधन प्रती दुख व्यक्त गरेको छ।

रोल्पा बाट रोजगारीको शिलशिलामा विभिन्न मुलुक विदेशिएका युवाहरुको सक्रियतामा अन्तर्राष्ट्रिय रोल्पा सेवा समाज गठन गरिएको हो। समाजले विशेषतया मजदुरी गर्न अर्को मुलुक गएका र विविध कारणबस् समस्यामा परेका रोल्पाली तथा अन्य नेपालिहरुलाई समेत उद्वार र राहत वितरण गर्दै सघाउ पुर्‍याउने गरेको छ। हालसम्म विभिन्न एघार मुलुकमा अन्तर्राष्ट्रिय रोल्पा सेवा समाज विस्तार भएको समाजका मलेसिया शाखा महासचिव रामप्रसाद पुनले जानकारी दिनुभयो।

(rentalsfloridakeys.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?