भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणले सम्बन्ध नयाँ उचाइमा : प्रम ओली

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ३०, २०७५
|
|
५२ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, ३० बैशाख ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणले नेपाल भारत सम्बन्धलाई नयाँ उचाइमा पु¥याएको दावी गरेका छन् ।
  • मोदीको भ्रमणका बिषयमा आज संसदलाई जानकारी दिंदै प्रधानमन्त्री ओलीले भारतले नेपालको सहयोगका लागि बिगतमा गरेका प्रतिवद्धता कार्यान्वयनमा जोड दिएको बताएका छन् ।

काठमाडौं, ३० बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणले नेपाल भारत सम्बन्धलाई नयाँ उचाइमा पु¥याएको दावी गरेका छन् ।

मोदीको भ्रमणका बिषयमा आज संसदलाई जानकारी दिंदै प्रधानमन्त्री ओलीले भारतले नेपालको सहयोगका लागि बिगतमा गरेका प्रतिवद्धता कार्यान्वयनमा जोड दिएको बताएका छन् । “आगामी संविधान दिवसका दिनसम्ममा विगतमा गरिएका सम्झौता कार्यान्वयन सुरु हुन्छन्”, प्रधानमन्त्ती ओलीले भने ।

प्रधानमन्त्री ओलीले विदेशबाट नेपालमा आउने उडानका लागि भारतले एउटा मात्र रुट दिएकोमा त्यसलाई बढाएर चारवटा पु¥याउने सहमति भएको पनि जानकारी गराए । “हालसम्म बीरगञ्जबाट मात्र एयर रुट रहेकोमा अब बिराटनगर, भैरहवा र नेपालगञ्जबाट पनि भारतले एयर रुट दिने सहमति भएको छ”, प्रधानमन्त्री ओलीले भने, “यसका लागि आगामी सेप्टेम्बरदेखि काम अघि बढाउने सहमति भएको छ ।”

प्रधानमन्त्री ओलीले यसपटकको मोदी भ्रमण दुई देशबीचको सम्बन्धलाई बराबरीका आधारमा बढाउने प्रस्थान विन्दु भएको बताएका छन् । “दुई देशबीचको सम्बन्धलाई सुधार्नु पर्छ”, प्रधानमन्त्री ओलीको भनाइ छ, “हेपाइ सहनु हुँदैन । विगतमा अल्झिएर मात्र हुँदैन । नयाँ सम्बन्ध स्थापित पनि गर्नुपर्दछ ।”

प्रधानमन्त्री ओलीले आफूले राष्ट्रहितलाई शीर र मनमा राखेको बताए । “प्रधानमन्त्रीको हैसियतले देशको शिर निहुराउने काम गर्न दिने छैन । यसै देशको अन्नपानी खाएको हुँ । अरुको हितमा काम गर्दिन”, प्रधानमन्त्री ओलीले थपे । प्रधानमन्त्री ओलीले आफू चाँडै नै चीन भ्रमणमा जान लागेको जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?